
संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सकरात्मक भएको छ । संविधान संशोधन प्रस्तावलाई मतदानमा लगेर टुंग्याउँदा आउने परिणाम स्वीकार गर्न सत्तापक्ष तयार भएपछि संसद सूचारु हुने संकेत देखिएको हो । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हिजो बुधवार भएको भेटवार्तामा संसद सूचारु गर्ने वारे छलफल भएको थियो ।
स्रोतका अनुसार संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाँदा आउने परिणाम स्वीकार गर्न सत्तापक्ष तयार भए संसद खुलाउन एमाले सकारात्मक रहेको जनाइएको छ । प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा सहित सत्तापक्षमै रहेको मधेसी मोर्चाले संशोधन प्रस्तावलाई प्रक्रियामा लैजाँदा आउने नतिजा स्वीकार गरे एमालेले संसद खुलाउने वताउँदै आएको थियो ।
आज तीन बजे बस्ने संसद्को बैठकमा संविधान संशोधनमाथि छलफल हुने भएको हो। गत मंसिर १४ गते संसद्मा दर्ता भएर पुस २४ गते संसद्मा टेबल भएको संविधान संशोधन प्रस्ताव अगाडि बढ्न सकेको थिएन । सोमबार प्रधानमन्त्री प्रचण्डले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गरेसँगै एमाले संविधान संशोधनको पक्षमा केही लचिलो बन्न पुगेको हो । यो सँगै संविधान संशोधनको बाटो खुल्ने भएको छ ।
- एस काठमाडौं
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्