×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

धुलाम्मे काठमाडौंका बारेमा संसद बैठकमा भयो ठट्टा , काठमाडौंको नाम लखनपुर राखौं

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

धुलाम्मे काठमाडौंका बारेमा संसद बैठकमा भयो ठट्टा , काठमाडौंको नाम लखनपुर राखौं

२३ माघ २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडाले काठमाडौंको नाम लखनपुर राख्नुपर्ने तर्क गरेका छन् । संसद्को विकास समितिको बैठकमा सांसद खतिवडाले जताततै खन्दै पुर्नेु प्रवृत्ति मौलाएको भन्दै लखनपुर नामकरण गर्ने ठट्यौलो सुझाव दिए । लु यसो गरौं भन्यो । अनि खन भनेपछि खन्यो । 

आज खनेको ठाउँमा भोलि नै पुर्‍यो,उनले भने, यस्तो काम हुने ठाउँलाई किन लखनपुर नभन्नेरुुसडक विस्तार, मेलम्चीको पाइपलाइन खन्ने काम तथा अप्टिकल फाइबर बिछ्याउँदा अव्यवस्थित रुपमा काम हुने गरेको उनले बताए ।

यस्तै नेकपा एमालेका सांसद रामेश्वर फुयाँलले भने चाबहिलको बौद्ध स्तुपाअगाडि डुंगाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । विकास निर्माणमा हेलचेक्रयाइँ भएको भन्दै उनले डुंगाको व्यवस्था गर्न भन्दै सरकारमाथि व्यंग्य गरे । सडक निर्माण कहिले सिद्धिँदैन । हिउँदमा धुलोले हिँडिनसक्नु छ, उनले भने, अब बर्खामा पानी र हिलोले हिँडडुल गर्न सकिन्न । बरु सरकारले अहिलेदेखि नै डुंगाको व्यवस्था गर्नेबारे सोचोस् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: