सेयर बजारको बुलमा तीन चरण हुन्छन ।
- १. accumulation फेज
- २. मिडिया फेज
- ३. distribution फेज
१. Accumulation phase:
बजार बियर साईकल बाट खरानी भएको हुन्छ , बजार प्रती धेरैले घृणा गर्न थाल्छन ,बिस्तारै बियर सकिएको अनुभुती ठुला लगानीकर्ताले पाउँछन् ,ऊनीहरुले मनि सप्लाई र कम्पनीको आधारभुत पक्षमा विस्वास गर्छन । सबै आत्तिएको बेला ऊनीहरु अब सेयर किन्न थाल्छन । ठुलो पुजी बजारमा प्रवेश गर्छ ।
२. Media phase :
ठुलो लगानीकर्ता बजार प्रवेश गरेको कुरा थाहा पाएपछि मिडियाले सेयर बजारलाई अब सकारात्मक हिसाबले लेख्न थाल्छ । केही मिडियाहरु निस्पक्ष लेख्छन भने केही मिडियाहरु ठुलो लगानीकर्ताबाट प्रयोग हुन्छन । यसरी अब सबै तिर बाट बजारलाई सकारात्मक दिशा तिर जान थाल्छ। बजार अब दुगुर्न थाल्छ ।।
३. distribution फेज :
अब मिडियाबाट सकारात्मक खबर सम्प्रेषण हुन थाले पछि अब बजार प्रती धेरै लगानीकर्ता सकारात्मक हुन थाल्छन । बुल दुगुर्दा बिचमा केहिले राम्रो कमाउछन र त्यो कुरा आफ्नो सरकलमा भाईरल हुन्छ र व्यापक लगानीकर्ता हरु बजार प्रवेश गर्दछन ।
यहि मौका छोपी फेज १ मा सस्तोमा धेरै कित्ता सेयर किनेर बसेका हरु आफ्नो सेयर सानो लगानीकर्तालाई बेचेर आफू अर्को ठुलो क्र्यासलाई कुरेर बसेका हुन्छन । यो नेपालको मात्र होईन सन्सारको धेरै बजारमा यहि हुन्छ । विकशीत पुजी बजारमा केही कम हुन्छ र हाम्रो जस्तो बजारमा व्यापाक ।
लामो समय सेयर होल्ड गर्ने लगानिकर्ताले थाहा पाउनु पर्ने कुरा हो । एकपटक बजार बियरमा प्रवेश गरिसकेपछि बजार अर्को बुलमा जानका निमित्त ,सस्थागत तथा ठूला लगानीकर्ताहरु प्रवेश गर्नै पर्छ। यो बुल साईकलको महत्त्वपूर्ण सिद्धान्त हो ।