
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – नेपाल प्रहरीले आफ्नो नयाँ प्रवक्ताको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सर्वेन्द्र खनाललाई तोकेको छ । प्रहरी प्रधान कार्यालयले सोमबारदेखि एसएसपी खनाललाई प्रवक्ताको रुपमा तोकेको हो । उनी दुई हप्ताअघि माघ १३ गतेबाट महानगरीय अपराध महाशाखाबाट प्रहरी महानिरीक्षकको सचिवालय सरुवा भएका थिए ।
यसअघिका प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल ठकुरीले ३० वर्षे अनिवार्य अवकाश पाएपछि एसएसपी ठाकुरप्रसाद ज्ञवालीले सह प्रवक्ताको रुपमा जिम्मेवारी सम्हाल्दै आएका थिए । ज्ञवालीको पनि मध्य पश्चिम क्षेत्रिय प्रहरी तालिम केन्द्र, नेपालगन्जमा सरुवा भएपछि सो जिम्मेवारी एसएसपी खनाललाई दिइएको प्रधान कार्यालयले जनाएको छ । एसएसपी खनालले यसअघि पनि नेपाल प्रहरीको प्रवक्ताको रुपमा जिम्मेवारी सम्हालिसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्