×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नआएको भए हुने एफपीओ आउनेनै भयो, अव त यसकारण पनि स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ’

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ फाल्गुन २०७३, बुधबार

PRIME CA
laxmi sunrise bank

‘नआएको भए हुने एफपीओ आउनेनै भयो, अव त यसकारण पनि स्ट्याण्डर्ड चार्टडको एफपीओ भर्नुपर्छ’

  • दुर्गा प्रसाद काफ्ले 
स्ट्याण्डर्ड चार्टडको एफपीओ आउंदैछ केहि दिनमा । चलखेलनै चलखेलले रुमलिएको बजारमा यो एफपीओलाई लिएरपनि व्यापक चलखेल भएको कुरा सबैलाई थाहा भइसकेको छ । बल्लबल्ल बजार उकालो लागेको बेला रातारात अनुमति दिएर चलखेल गरियो । पछी सेयर बेचेको छैन, तरलता अभावका बेला भएकोसेयर बेचेर एफपीओ हाल्नुपर्छ भन्नेहरुले फेरी उक्त निर्णय धकेले । विचरा साना लगानीकर्ता कुरै बुझ्दैनन् । नआउनुपर्ने  एफपीओ आयो । तर अव त आउनेनै भैसक्यो ।

यसकारण पनि सबैले भरौं  स्ट्याण्डर्ड चार्टडको एफपीओ      

बजारमा स्ट्याण्डर्ड चार्टको भाउ २००० हाराहारीमा छ । यो सेयर एफपीओ मार्फत १२९० मा आउंदैछ । अर्थात्  ७०० रुपैयाँ कममा यो सेयर आउंदैछ ।  साथै बैंकले आउने वर्ष १०० बोनस दिने र ८ अर्व पूँजी पुर्याउने कुरा ‘क्यापिटल प्लान’ मा भनिसकेको छ । यसरी हिसाव गर्ने हो भने बोनससमेत मिलाउँदा यो सेयरको भाउ ६४५ मात्र पर्ने हुन्छ । त्यसैले यस्तो सस्तो सेयर भर्न हामी लगानीकर्ताहरुले छुटाउनु हुँदैन ।  सेकेण्डरी मार्केटमा डुबेकाहरु केहि हदसम्म भएपनि यो एफपीओको माध्यमबाट माथि उठ्न सक्छन् । त्यसैले सबैलाई यो सेयर किन्ने सल्लाह दिन्छु ।

आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो ।  अरु कम्पनीको आइपीओ पनि आउंदैछ । सिद्धार्थको एफपीओपनि आउंदैछ । अव यतातिर लागौं ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: