
- दुर्गा प्रसाद काफ्ले
स्ट्याण्डर्ड चार्टडको एफपीओ आउंदैछ केहि दिनमा । चलखेलनै चलखेलले रुमलिएको बजारमा यो एफपीओलाई लिएरपनि व्यापक चलखेल भएको कुरा सबैलाई थाहा भइसकेको छ । बल्लबल्ल बजार उकालो लागेको बेला रातारात अनुमति दिएर चलखेल गरियो । पछी सेयर बेचेको छैन, तरलता अभावका बेला भएकोसेयर बेचेर एफपीओ हाल्नुपर्छ भन्नेहरुले फेरी उक्त निर्णय धकेले । विचरा साना लगानीकर्ता कुरै बुझ्दैनन् । नआउनुपर्ने एफपीओ आयो । तर अव त आउनेनै भैसक्यो ।
यसकारण पनि सबैले भरौं स्ट्याण्डर्ड चार्टडको एफपीओ

बजारमा स्ट्याण्डर्ड चार्टको भाउ २००० हाराहारीमा छ । यो सेयर एफपीओ मार्फत १२९० मा आउंदैछ । अर्थात् ७०० रुपैयाँ कममा यो सेयर आउंदैछ । साथै बैंकले आउने वर्ष १०० बोनस दिने र ८ अर्व पूँजी पुर्याउने कुरा ‘क्यापिटल प्लान’ मा भनिसकेको छ । यसरी हिसाव गर्ने हो भने बोनससमेत मिलाउँदा यो सेयरको भाउ ६४५ मात्र पर्ने हुन्छ । त्यसैले यस्तो सस्तो सेयर भर्न हामी लगानीकर्ताहरुले छुटाउनु हुँदैन । सेकेण्डरी मार्केटमा डुबेकाहरु केहि हदसम्म भएपनि यो एफपीओको माध्यमबाट माथि उठ्न सक्छन् । त्यसैले सबैलाई यो सेयर किन्ने सल्लाह दिन्छु ।
आइपीओ र एफपीओ सुरक्षित प्राय: लगानी हो । अरु कम्पनीको आइपीओ पनि आउंदैछ । सिद्धार्थको एफपीओपनि आउंदैछ । अव यतातिर लागौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्