×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेबोन र नेप्सेमा यो हदसम्मको लफडा ! एकले अर्कोलाई सिध्याउने योजनामा थपलिया र कार्की

PRIME CA

सेबोन र नेप्सेमा यो हदसम्मको लफडा ! एकले अर्कोलाई सिध्याउने योजनामा थपलिया र कार्की

अर्थ सरोकार

२१ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – धितोपत्र बोर्ड र नेपाल स्टक एक्चेन्जका कार्यकारी अधिकृतबीचको झगडा दिनप्रतिदिन बढ्दै जाँदा नेपालको सेयर बजारमा एकपछि अर्को गर्दै पहिरो गएको खबर आजको जन आह्वान साप्ताहिकमा छ । पहिरो रोकथाम गर्ने विषयमा नियमक निकायको रुपमा रहेको बोर्डले कुनै पहल गरेको छैन भने स्टकका प्रमुख भने आफ्नो विषय नभएको भन्दै चुपचाप बसेका छन् । आफ्नो गल्ती ढाकछोप गर्नका लागि कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजार फाप्दैन भन्दै हल्ला समेत फिजाइएको छ । बोर्डका अध्यक्ष रेवतबहादुर कार्की र स्टकका महाप्रबन्धक सीताराम थपलियाबीचको विवादका कारण सेयर बजार नराम्ररी प्रभावित भएको हो ।
दुवै जस्ता काण्डमा बात लागेका डा रामशरण महतका कार्यकर्ता हुन् । डा महतलाई थैली बुझाएर पद पड्काएका दुवै काँग्रेसीको कारण सेयर बजारमा समस्या पैदा भएपनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरालाई दोष लगाएर उनीहरु उम्कन खोजेका छन् । बोर्ड अध्यक्ष कार्की र स्टकका महाप्रबन्धक थपलियाले एकले अर्कोलाई जसरी भएपनि सिध्याएर नै छाड्ने योजनाका साथ लागेको बताइन्छ ।
त्यो रेबेले मलाई काम गर्न दिएन भन्दै थपलिया आफ्ना निकटस्थहरुसँग कार्कीलाई सिध्याउने कुरा गरिरहेको भेटिन्छन् भने कार्की पनि त्यो पिउसो म सँग निहुँ खोज्दो रहेछ भन्दै त्यसको सारा पोल मिडियामा ल्याएर छताछुल्ल पारिदिने बताउँदै आएका छन् । सेयर दलालसँग उठाएको रकमको भागबन्डा नमिल्दा उनीहरुबीच मारामारा सुरु भएको हो । जसका कारण स्टकका सारा निर्णय बोर्डले रोख्दै आएको छ । बोर्डले रोकिदिएका कारण स्टकलाई विद्युतीय बनाउनेलगायतका काम समेत प्रभावित हुँदै आएको छ । बोर्डले आफ्नो स्वीकृति बिना नै काम भएको भन्दै स्टकले पठाएका सबै फाइल सदर गर्नुपर्छ भन्ने कुनै बाध्यता नरहेको बताउँदै आएको छ ।
यतिसम्मकी कार्कीले थपलिया बोर्डमा आए त्यसलाई भित्र छिर्न समेत नदिनु भन्ने उर्दी जारी गरेका छन् । कार्कीको उर्दीका कारण थपलियाले पनि कार्की बोर्डमा रहुन्जेल आफू पनि त्यसको अफिस नजाने घोषणा नै गरेका छन् । दुई वटा साँढे जुध्दा तोरी बारी फाडिए जस्तै दुई काँग्रेसको पैसाको झगडाका कारण मुलुकको सेयर बजार नराम्ररी प्रभावित भएको छ । सेयर दलालसँग मनलाग्दी तवरले उठाइएको पैसाका कारण नै उनीहरुबीच मारामार भएको हो । स्टकका महाप्रबन्धक थपलियाले कार्कीको व्यवहार, कार्यशैली एवम् चिन्तन नै खराब रहेको बताए । उनले भने ‘कार्की बोर्डका लागि कसरी योग्य भए मैले बुझ्न सकेको छैन । सेयर बजारको वास्तविकता नै नबुझेको मान्छेलाई नियमक निकायको प्रमुख बनाएर ल्याएपछि यस्तै त हुन्छ नी’ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: