×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेवा बैंकको नाफा नाफा ८९.१८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ३०.५२ कायम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सेवा बैंकको नाफा नाफा ८९.१८ प्रतिशतले बढ्यो, प्रति सेयर आम्दानी ३०.५२ कायम

Artha Sarokar

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाडौँ – सेवा बिकास बैंकले प्रगती गरेको छ । बैंकको नाफा ८९.१८ प्रतिशतले बढेको छ । बैंकको अघिल्लो वर्ष दोश्रोको त्रैमासमा ४ करोड ८ लाखमा सीमित खूद नाफा बढेर ७ करोड ७२ लाख पुुगेको छ भने ८ करोड ९६ लाखबाट वृद्धि भई खूद ब्याज आम्दानी १५ करोड ५७ लाख रुपैयाँको पुुगेको छ । यो अवधिमा बैंकले ५ अर्ब ४१ करोड निक्षेप संकलन गरी ४ अर्ब ६५ करोड कर्जा परिचालन गरेको समेत बताइएको छ । 
यता बैंकको निस्क्रिय कर्जा अनुपात पनि बढेको छ । अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ०.१४ प्रतिशत रहेको निस्क्रिय कर्जा बढेर ०.९६ प्रतिशत पुुगेको हो । बैंकको बार्षिकीकृत प्रति सेयर आम्दानी ३०.५२ रुपैयाँ, प्रति सेयर नेटवर्थ १३६.६१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.४२ गुणा कायम भएको छ । 
अघिल्लो वर्ष ४ अर्ब ३६ करोड निक्षेप संकलन गरी ३ अर्ब ६२ करोड कर्जा परिचालन गरेको थियो ।  सेवा विकास बैंकको चुक्तापूँजी ५० करोड ६४ लाख र जगेडा कोषमा १८ करोड ५४ लाख रुपैयाँ रहेको छ । 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी