Skip to content
LAXMI SUNRISE BANK

सेवा विकास बैंकले गर्यो ३८ लाख ४४ हजार कित्ता हकप्रद सेयर बाँडफाँट

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  – सेवा विकास बैंकको हकप्रद सेयर बाँडफाँट गरिएको छ । सेवाले मंसिर २३ देखि पुस २७ सम्म ५० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । यही हकप्रद सेयर माघ २७ मा बाँडफाँट गरिएको हो । यो हकप्रदमा १२ हजार १०६ जनाले आवेदन दिएका थिए ।
 बैंकले कुल ३८ लाख ४४ हजार ८८४ कित्ता सेयर बाँडफाँट गरेको हो । सेवाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ७२ लाख ८५ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको छ । 
बैंकको प्रतिसेयर आम्दानी ३० रूपैयाँ ५२ पैसा छ भने प्रतिसेयर नेटवर्थ १३६ रूपैयाँ ६१ पैसा पुगेको छ । दोस्रो त्रैमासको रिपोर्टमा चुक्ता पुँजी ५० करोड ६४ लाख १० हजार रूपैयाँ देखाइएको छ । यसमा अब हकप्रद सेयरलाई पुँजीकरण गर्न बाँकी छ । बैंकको रिजर्भ कोषमा १८ करोड रूपैयाँभन्दा धेरै पैसा छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK