
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सेवा विकास बैंकले १२ लाख ६१ हजार ७७८ कित्ता सेयर लिलामीमा बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको १० लाख ४० हजार १७१ कित्ता सेयर र सर्वसाधारण समूहको दुई लाख २१ हजार ६०७ कित्ता सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।
लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउमा बोलपत्र पेस गर्नुपर्नेछ । यो लिलामी सेयर फागुन १७ गते देखि बिक्री खुला हुनेछ । फागुन २३ सम्म बोलपत्र भर्न पाइनेछ । बैंकले हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामीमा बेच्न राखेको हो । यसअधि बैंकले मंसिर २३ गतेदेखि पुस २७ गतेसम्म एक सय प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
आवेदकले एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौं तथा सेवा विकास बैंकको प्रधान कार्यालय पुष्पलाल चोक बुटवलबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् । सेवाको बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । संस्थापक समूहको बोलपत्र फागुन २४ गते दिउसो ३ बजे र सर्वसाधारण समूहको बोलपत्र सोही दिन दिउँसो ४ बजे एनएमबि क्यापिटल लिमिटेड नागपोखरी काठमाडौंमा खोलिनेछ ।
सेवाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सात करोड ७२ लाख ८५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । बैंकको प्रतिसेयर आम्दानी ३० रूपैयाँ ५२ पैसा अनि प्रतिसेयर नेटवर्थ १३६ रूपैयाँ ६१ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्