
सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष लि जे योङ घुसखोरीको आरोपमा पक्राउ परेका छन् । उनको पक्राउसँगै यो कम्पनीको शेयर बजारमा गिरावट आएको छ ।
साउथ कोरियाका राष्ट्रपति पार्क ग्युन हेइलाई ४० मिलियन डलर घुस खुवाउन प्रयास गरेको आरोप उनी माथि लागेको छ । उनले दुईवटा कम्पनीहरु मर्ज गर्ने प्रकृयामा सहजताका लागि उक्त रकम घुस दिन लागेको बताईन्छ ।
स्मार्टफोन र मेमोरी चिप बनाउन विश्वविख्यात यो कम्पनीले कुनै प्रकारको घुसको प्रयास आफूबाट नभएको बताएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाए अनुसार यसअघि पनि विभिन्न स्क्याण्डलमा मुछिंदै आएका ४८ वर्षिय पार्कलाई सियोलको अदालतमा दश घण्टासम्म चलेको बहसपछि पक्राउ गरिएको हो ।
ग्यालेक्सी नोट सेभेनमा आएको खराबीबाट यसअघिनै गम्भिर झट्का लागि सकेको सामसुङ यो काण्डपछि झनै समस्यामा पर्ने अनुमान गरिएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्