×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

स्पष्ट छ : अव बजार बढ्छ, यी कारणले बढ्छ… (हरिश दाहालको विश्लेषण)


  • हरिश दाहाल 

केहि समय बजार घट्यो । त्यसका विभिन्न कारणहरु थिए । बजार बढ्ने वा घट्ने कुरामा विभिन्न कुराहरुले भूमिका खेलीरहेको हुन्छ । केहि दिन अगाडी अस्वाभाविक रुपले बजार घट्यो । त्यसका आ-आफ्नै कारण थिए होलान् । तर अव बजार बढ्छ । कुनै शंका नै विना बजार बढ्नुको विकल्प छैन ।
सेयर लगानीकर्ता संघको जिम्मेवार व्यक्ति भएकाले संघले विभिन्न व्यक्ति तथा संस्थाहरुसँग गरिरहेको छलफलमा भाग लिएको हुनाले बजार बुझ्दा बजार बढ्छ नै।  बजार बढ्ने यी कारणहरु सबैसामु स्पष्ट छ :
१. सेयर लगानीकर्ता संघले बैंकर्स एसोसीएसनसँग छलफल गरेको थियो । त्यसै क्रममा बैंकर्स एसोसीएसनका अध्यक्ष अनील शाहले अव बैंकहरु छिट्टैनै ब्रोकर लाइसेन्स लिन धीतोपत्र बोर्ड, नेप्से र नेपाल राष्ट्र बैंकमा निवेदन लिएर जाने बताएका छन् । त्यसैले पनि बजार बढ्छ ।   
२. हामीले धीतोपत्र बोर्डका अध्यक्ष र प्रवक्तासँग पनि भेट गरेका थियौं । भेटमा उहाँहरुले आरडब्लुएस सेवा दिने तर अनलाइन आएपछि मात्र दिने बताउनु भएको छ । एकातर्फ अनलाइन सिष्टम ल्याउन काम सुरु भैसकेको छ भने अर्को तर्फ ब्रोकरका साखा पनि विस्तार हुने भएको छ ।
३. एक साताभित्र ब्याज घट्दैछ । बैंकर्स एसोसीएसनसंगको हाम्रो भेटमा यो निस्कर्ष निस्केको थियो । त्यहि भएर पनि बजार बढ्छ ।
४. बैंकमा तरलता अभाव छैन । नयाँ क्षेत्रमा लगानी गर्नमात्र पैसा कम भएको हो भन्ने जानकारीमा आएको छ । त्यसैले पनि बजार बढ्छ ।
५.  बुधबारको तथ्यांक हेर्ने हो भने बजारमा ३० अर्व रुपैयाँ तरलता ‘एक्स्ट्रा’ छ । त्यसैले तरलता अभावकै कारण बजार घट्दैन ।
यसका अतिरिक्त सेयर लगानीकर्ता संघले सम्बन्धित निकायहरुलाई विभिन्न कुराहरुमा ध्यानाकर्षण गराईरहेको छ । हामी कतिपय कुराहरुमा निचोडमा पुगेका छौं । सबै पक्षहरु हाम्रा कुराहरुमा सहमत पनि हुनुभएको छ । त्यसैले बजार अव घट्नुपर्ने कुनै पनि कारण छैन । त्यसैले बजार बढ्छ । किन्ने बेला यहि हो । स्व:स्फुर्त रुपमा सेयरमा लगानी गर्न सक्नुहुनेछ ।    
(लेखक सेयर लगानीकर्ता संघका सचिव एवं सह- प्रवक्ता हुन् )
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: