×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजारका चुनौतीसँगै अवसर पनि… (याम बहादुर खुलालको विश्लेषण)

अहिले शेयर बजार लगातार १२ दिनसम्म अत्यासलाग्दो गरी घटेर पुन: यो साताको अन्तिम २ दिन बढेर १३४३ अंकमा पुगेर बन्द भयो । यसले केही भएपनि लगानीकर्तामा खुशी छाएको छ । साथै निराश भएका लगानीकर्तालाई शेयर घटीमात्र रहदैन पछि बढ्छ भन्ने प्रमाणितपनि गरेको छ । जसरी बललाई हामी जुन प्रेसरमा जमिनमा फ्याक्छौँ, त्यो बल त्यही प्रेसरमा आकाशतिर जान्छ । त्यस्तै नियम सेयर बजारमा पनि लागु हुन्छ । शेयर बजार घट्ने र बढ्ने भइरहन्छ । यो घट्ने र बढ्ने क्रमनै शेयर बजारको सुन्दर पक्ष हो । 
विगत ४-५ महिनाबाट नेपालको शेयर बजारमा अनेकौ चुनौती थपीदै गए । एक पछी अर्को गर्दै आईपिओ र एफओको बाडीनै आयो । बैंकहरुमा तरलताको कमी सँगै लगानी योग्य रकमको अभाव, व्याजदरमा वृद्धि, राजनैतिक अन्यौल यी कारणहरुले लगानीकर्ताहरुको मनोबल घट्दै गयो । फलस्वरुप केही लगानीकर्ता शेयर बेचेर बाहीरिन थाले जसले गर्दा दिनानुदिन शेयर बजार घट्न थाल्यो । 
तर अब अनुमान लगाउन सक्छौ सरकारी खर्चमा वृद्धि हुनेछ । सरकारी खर्चको वृद्धिसँगै वैंकहरुको तरलतामा सुधार हुनेछ । तरलतामा सुधार भएसँगै व्याजदरमा पनि विस्तारै कमी आउनेछ । व्याजदरमा कमी भएमा शेयर बजार वृद्धिमा अवश्य सहयोग पुग्नेछ । किनकी व्याजदर र शेयर बजार जहील्यै पनि विपरित हुने गर्दछ । अब विस्तारै राजनीतिमा पनि सुधार गर्ने आशा गर्न सकिन्छ । किनकी निकट भविष्यमानै तिन वटा चुनाव हुनेवाला छन् । यदि यी चुनाव समयमानै सम्पन्न भएमा अवश्य पनि राजनीतिक स्थायित्व आउनेछ । जसको कारणले पनि शेयर बजार वृद्धिमा सहयोग पुग्नेछ । त्यस्तै अवको बढीमा १० महिना भित्रमा अन लाईन ट्रेडिङ पनि लागु हुनेवाला छ । यदि अन लाईन ट्रेडिङ लागु भएमा अहिले जस्तो ब्रोकर अफिसमा नगई घरमा नै बसेर शेयर खरीद विक्री सहजै गर्न सकिन्छ । 
त्यसैले हाल विद्यमान चुनौतीको चाङमा टेकेर हिम्मतका साथ महगाें मुल्यमा खरीद गरेको शेयर होल्ड गर्दै अहिले घटेको मूल्यमा शेयर खरीद गर्नेलाई यो समय राम्रो अवशर हुन सक्छ । तर शेयर खरिद गर्दा राम्रो वित्तिय विवरण प्रकाशित गरेका राम्रो व्यवस्थापन भएका र विगतका वर्षहरुमा राम्रो प्रतिफल दिएका कम्पनिहरु छनौट गर्नुपर्दछ । यदी शेयर घटेमा पनि आफुले  खरिद गरेका कम्पनीले दिने प्रतिफलले घाटा पूर्ति गरोस् । अर्कोतिर शेयर बजार बढेमा नाफा त छदैछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: