×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ करोड १० लाखभन्दा बढी कित्ता सेयर बजारमा आयो, उठाउनुस् मौकाको फाइदा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

१ करोड १० लाखभन्दा बढी कित्ता सेयर बजारमा आयो, उठाउनुस् मौकाको फाइदा

२४ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – हिजो आइतबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आठ कम्पनीका एक करोड १० लाख ६४ हजार सात सय २० कित्ता सेयर सुचिकृत भएका छन् । जसमा छ वटा कम्पनीले बोनस सेयर सुचिकृत गरेका हुन् भने तीनवटाले हकप्रद सेयर सुचिकृत गराएका हुन् । 

तपाई यो मौकाको फाइदा उठाउनुहोस् र सेयर किन्नुहोस् । यसरी सेयर सुचिकृत गर्ने कम्पनीमा पोखरा फाइनान्सले ६ लाख ६३ हजार १० दशमलव ९२ कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । त्यस्तै, रिडी हाइड्रोले पनि २ लाख ७० हजार ९ सय ५३ कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । 
यसैगरी, हिमालयन जनरल इन्स्योरेन्सले ६ लाख ४२ हजार कित्ता बोनस सेयर सुचिकृत गरेकोछ । कर्णाली डेभलपमेण्ट बैंकले पनि १ लाख १० हजार कित्ता बोनस सेयर सुचिकृत गरेकोछ ।
 त्यस्तै, हामा मर्चेन्ट एण्ड फाइनान्सले २ लाख ६५ हजार २ सय कित्ता बोनस सेयर सुचिकृत गराएकोछ । यसैगरी, प्यासिफिक डेभलपमेण्ट बैंकले पनि २ लाख ४० हजार ७ सय १६ कित्ता बोनस सूचिकृत गराएकोछ । त्यस्तै, नेप्सेमा हिजो हकप्रद सेयर सुचिकृत गर्ने कम्पनीहरुमा सिद्धार्थ बैंकले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता सेयर सुचिकृत गराएकोछ । 
हकप्रद सेयर सुचिकृत गराउने अर्को कम्पनीमा मनासलु विकास बैंक पनि रहेकोछ, यसले पनि ९ लाख १७ हजार ६ सय ४७ दशमलव ५० कित्ता सेयर सुचिकृत गराएकोछ । यस्तै, बोनस सेयर पनि सुचिकृत गराएको कर्णाली डेभलपमेण्ट बैंकले ४ लाख कित्ता हकप्रद सेयर सुचिकृत गराएकोछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: