×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा आयो करिब ८० लाख कित्ता सेयर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बजारमा आयो करिब ८० लाख कित्ता सेयर

Artha Sarokar

८ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौं – नेपाल स्टक एक्सचेञ्जमा यस साता पाँच कम्पनीको बोनस र हकप्रद गरि ७९ लाख ९७ हजार तीन सय ७९ दशमलव ५६ कित्ता सेयर सुचिकृत भएको छ । शिखर इन्स्योरेन्स, एस डेभलपमेन्ट बैंक, मितेरी डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्स्योरेन्स, र स्वरोजगार लघुवित्तले उक्त परिमाणमा बोनस तथा हकप्रद सेयर सुचिकरण गराएका हुन् । 
जसमा सबैभन्दा बढि सेयर शिखर इन्स्योरेन्सको ३० लाख ७७ हजार सात सय १० कित्ता बोनस सुचिकृत भएको छ । एस डेभलपमेन्ट बैंकको २० लाख ३१ हजार सात सय ४१ कित्ता बोनस सेयर सुचिकरण हुँदा मितेरी डेभलपमेण्ट बैंकले १० लाख ५६ हजार तीन सय ६९ दशमलव ६० कित्ता हकप्रद तथा छ लाख ३३ हजार आठ सय २१ दशमलव ७६ कित्ता बोनस सेयर पनि सुचिकृत गराएको छ । 
यसै साता सिद्धार्थ इन्स्योरेन्सले १० लाख ३४ हजार पाँच सय ५० कित्ता बोनस सेयर सुचिकृत गराएको छ भने स्वरोजगार लघुवित्तको एक लाख ६३ हजार एक सय ८७ दशमलव २० कित्ता बोनस सेयर करोबारका लागि नेप्सेमा सुचिकरण भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी