×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईजी प्रकरणमा नयाँ खुलासाः शेरबहादुर पत्नी आरजुले बेलायतबाट पठाइन काँग्रेस मन्त्रीका मोबाइलमा खतरनाक एसएमएस

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

आईजी प्रकरणमा नयाँ खुलासाः शेरबहादुर पत्नी आरजुले बेलायतबाट पठाइन काँग्रेस मन्त्रीका मोबाइलमा खतरनाक एसएमएस

४ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ – काँग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवाले पार्टीका मन्त्रीहरुलाई बेलायतबाट आफ्ना पतिले अह्राएको काम गर्न निर्देशन दिएकी छन् ।
छोराको उपचारका क्रममा बेलायतमा रहेकी राणाले प्रहरी प्रमुख नियुक्ति प्रकरणमा पति देउवामाथि आक्रमण भएको भन्दै प्रतिरक्षा गर्न मन्त्रीहरुलाई भाइबरमा लामो एसएमएस पठाएर निर्देशन दिएकी हुन् । एक मन्त्रीले काठमाण्डुटुडेलाई उपलब्ध गराएको एसएमएसमा आरजुले नेपाली काँग्रेस मुलुकको एक मात्र प्रजातान्त्रिक शक्ति भएको जिकिर गर्दै प्रजातान्त्रिक शक्तिविरुद्ध यसअघिदेखि नै हमला हुँदै आएको र त्यसैको निरन्तरतामा देउवाविरुद्ध अनावश्यक लाञ्छना लयाइएको उल्लेख गरेकी छन् ।
उनले कम्युनिष्ट र अदालत मिलेर काँग्रेस तथा सभापति देउवाविरुद्ध षड्यन्त्रमा लागेको आरोप लगाइन् । देउवाको दबाबमा सरकारले गत शुक्रबार वरिष्ठता मिच्दै तेश्रो नम्बरका डिआईजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नियुक्त गरेको थियो । तर, अदालतले आइतबार चन्दलाई आईजीपी बनाउने निर्णत तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश दिएको थियो । जनताले न्याय माग्दा फाइलमा धुलो जमाएर कानमा तेल हालेर बस्ने न्यायप्रणालीका ठेकेदारहरुले आईजी प्रकरणमा एकै रातमा फैसला सुनाउनु आफैमा शंकास्पद र सोचनीय रहेको उनको भनाइ छ ।
आरजुले प्रहरी महानिरीक्षकका दाबेदार पहिलो बरियताका डिआईजी नवराज सिलवालतर्फ संकेत गर्दै विपक्षी एमालेको आडमा आफ्ना पतिको राजनीतिमै असर पार्ने र व्यक्तित्व धमिल्याउने प्रपञ्च रचेको आरोप लगाएकी छन् । ‘नेपालजस्तो मुलुकमा एउटा बाहालवाला कर्मचारीले सत्तारुढ दलको पार्टी सभापति जस्तो गरिमामय पदको गरिमामै आच पुर्याउने तथा कुनैपनि राजनैतिक व्यक्तिको राजनीतिलाई नै असर पुर्याउने गरेर व्यक्तिको व्यक्तित्व नै धमिलाउने आँट त्यतिबेला मात्र गर्न सक्छ जब उनकापछि विपक्षी शक्तिहरुको हात हुन्छ’, सिलवालको नाम उल्लेख नगरी आरजुले भनेकी छन्, ‘उनी साँचै दूधले धोएका र स्वतन्त्र भए हिजोका दिनमा मन्त्रिमण्डलको सिफारिसमा पहिलो र तेश्रो नम्बरका नामहरुको मात्र जिकिर हुँदा उसले दोश्रो नम्बरको जिकिर किन गर्न सकेनन् ?’
आरजुले प्रहरी महानिरिक्षक नियुक्ति गर्ने विषय नितान्त मन्त्रिपरिषदको अधिकार क्षेत्रको विषय भन्दै आफ्ना पतिको एकल निर्णयले भएको निर्णय भए मन्त्रीहरु किन चुप बसेको भन्दै प्रश्न गरेकी छन् । एमाले समर्थकहरुबाट प्रहरी प्रकरणको विषयमा बारबार सामाजिक सञ्जालदेखि अनलाइन पोर्टलहरुमा कांग्रेस सभापतिको मात्र नाम उछालिनु तथा एउटा कर्मचारी बढुवाको विषयलाई लियर प्रधानमन्त्रीले राजीनामा दिन्छु भन्दै सस्तो प्रचारबाजी गर्नु, रिट दायर भयको तेश्रो दिनमै सार्वजनिक बिदाको भोलिपल्ट सर्वोच्चको निर्यण आउनुजस्ता घटनाको शृंखलाले आफ्ना पतिविरुद्ध विपक्षीहरुको सुनियोजित हमला भएको प्रमाणित गर्ने तर्क आरजुको छ ।
स्थानीय निर्वाचनभन्दा अगाडि जनतामा भ्रम फैलाएर कांग्रेसजस्तो एक मात्र प्रजातान्त्रिक शक्तिलाई हराएर नेपालमा बामपन्थीहरुको बर्चश्व स्थापना गराउने चालअन्तर्गत षड्यन्त्र भइरहेको आरोप उनले लगाएकी छन् । यद्यपि प्रजातन्त्र पक्षधर नेपालीहरुले विपक्षीहरुको यस्तो जालसाझी र कुटनीति तथा झुठो लाल्छना र सस्तो प्रचारबाजी बुझिसकेकाले त्यसबाट आफूहरुलाई केही असर नपर्ने, उल्टै एकजुट भएर जस्तोसुकै समस्या र परिस्थितिको पनि सामना गर्न साँगठानिक रुपमा अघि बढ्नु पर्ने र देश र जनताको समृद्धिका लागि मुलुकमा प्रजातन्त्रको जरा अझ मजबुत बनाउनु पर्ने जिम्मेवारी आफू प्रजातन्त्रवादीहरुको भएको उनले बताएकी छन् ।
यस्तो छ, आरजुको एसएमएसको पूर्ण पाठ
यो घट्नाकुनै नौलो हैन प्रजातन्त्र र प्रजातान्त्रिक शक्तिमाथि साबिक हमला यस अघिपनि हुदै आइ रहेको र भबिष्यमा पनि हुने नै छ | ‘प्रशंग प्रहरी प्रमुखको ‘जनताले न्यायको लागि पिडाले छट्पटाउदै न्यायलय ढक्ढक्याउदा फाइलमा धुलो जमायर कानमा तेल हालेर बस्ने हाम्रो न्यायप्रणालीका ठेकेदारहरु आज अचानक जादुई रुपमा एकै रातमा फैसला सुनाउनु आफैमा संकास्पद र सोचनीय छ | अर्को कुरो नेपालजस्तो मुलुकमा एउटा बाहालवाला कर्मचारीले सत्तारुढ दलको पार्टी सभापति जस्तो गरिमामय पदको गरिमामै आच पुर्याउने तथा कुनैपनि राजनैतिक व्यक्तिको राजनीतिलाई नै अशर पुर्याउने गरेर व्यक्तिको व्यक्तित्व नै धमिलाउने आट तेती बेला मात्र गर्न सक्छ जब उनकापछि बिपक्षि शक्तिहरुको हात हुन्छ |
उनि साचै दुधले धुलेका र स्वतन्त्र भय हिजो दिनमा मन्त्रिमण्डलको शिफारिसमा पहिलो र तेश्रो नम्बरका नामहरुको मात्र जिक्री हुदा उस्ले दोश्रो नंबरको जिक्री किन गर्न सकेनन् ? प्रहरी महानिरिक्षक नियुक्ती गर्ने बिषय नितान्त मन्त्रीपरिषदको अधिकार क्षेत्रको बिषय हो यदि कसैको एकल निर्णयले भयको भय शारामन्त्रि मण्डल किन मौन छ ? एमाले समर्थकहरु बाटनै प्रहरी प्रकरणको बिषयमा बार-बार सामाजिक संजाल देखि अनलाईन खबरहरुसम्मले कांग्रेस पार्टी अध्यक्षको मात्र नाम उछालिनु ,एउटा कर्मचारी बढुवाको बिषयलाई लियर प्रधान मन्त्रिले राजिनामा दिन्छु भन्दै सस्तो प्रचारबाजी गर्नु , रिट दायर भयको तेश्रो दिनमै सर्वोच्चको निर्यण आउनु त्यो पनि सार्बजानिक बिदाको भोलि पल्टै |
यी सबै शृंखलाले आफै जनाईरहेको छ यो बिपक्षीहरुको सुन्योजित हमला हो स्थानिय निर्बाचन भन्दा अगाडी जनतामा भ्रम फैलायर कांग्रेस जस्तो एक मात्र प्रजातान्त्रिक शक्तिलाई हरायर नेपालमा वांमपन्थीहरुको वरचस्वो स्थापना गराउने | तर बिडम्बना बिपक्षीहरुको प्रजातन्त्रका पक्षधर नेपालीहरुले बुझी सकेकाछन् बिपक्षीहरुको यस्तो जालसाझी र कुटनीतिलाई | कसैको झुठो लाल्छना र सस्तो प्रचारबाजीले प्रजातन्त्रका पक्षधर र प्रजातान्त्रिक शक्तिलाई केहि अषर नपर्ने उल्टो एकजुट भै जस्तो सुकै समस्या र परिस्थितिकोपनि सामनागर्न एक शक्तिको साँगठानिकरुपमा अघि बढ्नु पर्ने र देश र जनताको सम्रिद्दीको लागि मुलुकमा प्रजातन्त्रको जरा अझ मजबुत बनाउनु पर्ने जिम्मेवारी तपाई हामि सम्पुर्ण प्रजातन्त्रका पक्षधरहरु को हो |
  • काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: