×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैतिर ‘सेटिङ’ मिल्यो ! शिखरलाई १२७५ हाराहारीमा एफपीओ अनुमति दिंदै सेबोन

PRIME CA

सबैतिर ‘सेटिङ’ मिल्यो ! शिखरलाई १२७५ हाराहारीमा एफपीओ अनुमति दिंदै सेबोन

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – नेपाल धितोपत्र बोर्डले १२७५ हाराहारीमा एफपीओ अनुमति दिने भएको छ । अर्थ सरोकार डटकमलाइ प्राप्त जानकारी अनुसार भोलिसम्ममा शिखरलाई यस्तो अनुमति दिन लागिएको हो । शिखर इन्स्योरेन्सले दोस्रो पटक एफपिओ जारी गर्ने प्रबन्ध गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको थियो । पहिलोपटक जारी गर्दा सफल भएको नेपालकै अग्रणी निर्जीव बीमा कम्पनीको रुपमा चिनिएको शिखर इन्सुरेन्सले दोस्रो पटककको लागि यस्तो निवेदन दिएको हो । 
यता  दोस्रो पटक आफ्नो हाल कायम चुक्ता पूँजीको १० प्रतिशत दोस्रो पटक एफपिओ जारी गर्ने प्रबन्ध गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको गलत भएको आरोप समेत लागेको थियो । शिखरले एफपीओको नाममा लुट मच्चाएको आरोप एकातर्फ लागेको थियो भने अर्कोतर्फ शिखरको इन्सुरेन्सको सेयरले लगानीकर्ताहरुलाई पीडामा पार्ने समेत आरोप लागेको थियो ।

सेयर लगानीकर्ता आइआर सुवेदी भन्छन्,
‘यदि यसपटकपनि शिखर इन्सुरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत एफपिओ जारी गरेको खण्डमा यस इन्सुरेन्सको संस्थापक शेयर स्वामित्व ६० प्रतिशत र सर्वशाधरणको ४० प्रतिशत कायम हुन जान्छ । यसपछि शिखर इन्स्योरेन्सले प्रताव गरेको एफपिओको प्रिमियम मुल्यबाट बसेको जगेडा कोषमा जम्मा हुने रकमबाट यो कम्पनीले ४० प्रतिशत बोनस शेयर जारी गर्नेछ । त्यसपछिपनि चुक्ता पूँजीको ९ प्रतिशत एफपिओ जारी गरी संस्थापकको शेयर स्वामित्व ४५ प्रतिशत बदल्ने प्रतावसहित तेस्रो पटक तत्कालिन अवस्थामा कायम चुक्ता पूँजीको ९ प्रतिशत एफपिओ जारी गर्न सक्ने छ । यदि यो प्रस्ताव नगरेको खण्डमा यस कम्पनीले दोस्रो पटकको एफपिओ र बोनस शेयर पश्चात संस्थापक शेयरको स्वामित्व ५१ प्रतिशतमा ल्याउन कम्पनी सफल भएको खण्डमा दुई पटक एफपिओ जारी गरी प्रिमियम वापत जम्मा भएको सर्वसाधारणको पैसाबाट संथापक शेयर धनीहरु मालामाल हुनेछन् । त्यसपछि सर्वसाधरण लगानी कर्ता शिखर इन्स्योरेन्सको शेयरबाट पीडित हुनेछन् ।’   
यद्यपी अव शिखर इन्सुरेन्सको एफपीओ आउनेनै भएको छ । शिखरको एफपीओले लगानीकर्तालाई फाइदा नगर्ने भएपनि सबैतिरको ‘सेटिङ’पछी अन्तत: शिखरको एफपीओ आउन लागेको आरोप लगाएका छन् ।   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: