×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुस यी हुन् , कालोसूचीमा परेका ४५ रोजगारदाता कम्पनी

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हेर्नुस यी हुन् , कालोसूचीमा परेका ४५ रोजगारदाता कम्पनी

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – नेपाल सरकारले साउदी अरबका ४५ रोजगारदाता कम्पनीमा कामदार पठाउन रोक लगाएको छ । ती कम्पनीले कामदारलाई भनेजस्तो सेवासुविधा दिन नसकेको भन्दै कालोसूचीमा राख्दै कामदार पठाउँन रोक लगाएको हो । वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो ।
वैदेशिक रोजगार विभागले साउदीका ४५ र वराइनको एउटा कम्पनीलाई कालो सूचीमा राखी कामदार पठाउन रोक लगाएको हो । ती कम्पनी कामदारले पाउनुपर्ने सेवा सुविधा र तलब नदिने र उल्टै दुःख दिने गरेपछि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आग्रहमा कामदार पठाउन रोक लगाइएको हो ।
यि हुन् कालोसूचिमा परेका कम्पनीहरू
विभागले सूचना प्रकाशन गरी साउदी अरबका दमाम, ज्यादा, आबुधाबी सहरका मोद नाफी बिन साउद अल मोरारी, स्ट्रोङ स्प्रेड फर काउन्ट, हुसेन बिन दाजामा फर कन्स्ट्रक्सन र अल फेयर्स इस्ट कम्पनीमा नेपाली कामदार पठाउन रोक लगाएको हो ।
त्यस्तै अल–हान ट्रेडिङ ग्रुप, मिडिल इस्ट कन्स्ट्रक्टिङ कम्पनी, अल जिमी सोमाक इलोक्ट्रोनिक एन्ड इलेक्ट्रोनिक्स सिस्टम कम्पनी, डिजिटल कन्नेक्सन कम्पनी र अर्थ लाइटलगायतमा कामदार पठाउन रोक लगाइएको छ । सरकारले बराइनको अल–एलियासा अलदायसी कम्पनीमा समेत नेपाली कामदार नपठाउने गरी कालो सूचीमा राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: