Skip to content
LAXMI SUNRISE BANK

३३ किलो सुनकाण्डमा एसएसपी श्याम खत्री पक्राउ

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – युएई हुँदै नेपाल ल्याइएको अवैध ३३ किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पास गराउन संलग्न रहेको आरोपमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक ९एसएसपी० श्याम खत्री पक्राउ परेका छन्। 
सुनकाण्डमा पक्राउ परेकाहरुले सुन भित्र्याउन खत्रीको संलग्नता रहेको बयान दिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले आइतबार उनलाई पक्राउ गरेको हो। युएई हुँदै नेपाल ल्याइएको ३३ किलो सुन सीआईबीले पुस २१ गते विमानस्थलबाहिरबाट बरामद गरेको थियो। 
 सुन काण्डमा एसएसपी खत्रीको संलग्नता देखिएकाले अनुसन्धानका लागि पक्राउ गरिएको होु सीआईबीका एक अधिकारीले भने।  सुनकाण्डपछि खत्रीलाई त्रिभुवन विमानस्थलबाट हेडक्वार्टर तानिएको थियो। सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले पुस २१ गते नै तीन जनालाई पक्राउ गरेको थियो।  
सुनकाण्डमा कमजोरी देखिएको भन्दै गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेलाई पनि मन्त्रालयमा तानेको थियो। त्यस्तै २९ जना कर्मचारीलाई निलम्बन गरेको थियो। 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK