
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सुन तस्करीसँग मिलेमतोको आरोपमा पक्राउ परेका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी श्याम खत्रीलाई चार दिन म्याद थप गरी अनुसन्धान शुरु गरिएको छ। केन्द्रीय अनुसन्धान ब्युरोको प्रहरी टोलीले एसएसपी खत्रीलाई जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरी अनुसन्धान शुरु गरेको हो। पहिला पक्राउ परेकाहरुसँग मिलान गर्नका लागि चार दिनको मात्र म्याद थप गरिएको हो ।
अनुसन्धानमा संलग्न प्रहरी निरीक्षक रुगम कुँबरले भने – पहिला पक्राउ परेकाहरुको चार दिनपछि म्याद सकिदैछ, त्यसैले एउटै मुद्दाका आरोपीहरुलाई एकै पटक म्याद थप्न मिल्ने गरी चार दिनको मात्र थपिएको हो। एसएसपी खत्रीलाई आइतबार ब्युरोको प्रहरी टोलीले प्रहरी प्रधान कार्यालयबाट नै पक्राउ गरेको थियो। ३३ किलो सुन तस्करीमा संलग्न देखिएपछि एसएसपी खत्रीलाई ब्युरोले पक्राउ गरेको थियो।
विमानस्थलमा कार्यरत एसएसपी खत्रीको मिलेमतोमा सुन तस्करी भएको प्रमाण नै फेला परेपछि आइतबार पक्राउ गरिएको थियो। एसएसपी खत्रीको संलग्नता देखिएपछि गत माघ ३ गते प्रहरी प्रधान कार्यालय तानिएको थियो। गत पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच पास गरेर तस्करीको सुन लैजादै गर्दा गौशालाको पिंगलास्थानबाट ३३ किलो सुन बरामद भएको थियो।
सुन बरामदपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा अहिलेसम्म एसएसपीसहित आठ जनालाई पक्राउ गरिसकेको छ। प्रहरीले सुन ल्याएका गोपालबहादुर भण्डारी, सुन लिन आएका दिलबहादुर थापा र सन्तोष काफ्ले, भन्सारका अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाल, काभ्रेका रामहरी कार्की, रेडियो टेक्निसियन श्यामकृष्ण श्रेष्ठलाई पक्राउ गरिसकेको हो।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्