
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नेप्सेमा निकै नै विवादित मानिएका सीताराम थपलियालाई संघले ‘मेनेजमेन्ट रिकग्नाइजेसन अवार्ड २०१६’ प्रदान गरेको छ । क्रबार राजधानीमा सम्पन्न एक कार्यक्रमका बीच उनलाई यो सम्मान प्रदान गरिएको हो । नेपाल व्यवस्थापन संघले आफ्नो साधारणसभाको अवसरमा यो अवार्ड वितरण गर्ने गरेको छ। सुरुमा ‘मेनेजर अफ दि वाच २०१६’ बाट सम्मान गर्ने कुरा उठेपनि उनी विवादित भएको गुनासो आएपछि उक्त अवार्ड भिबोर सोसाइटी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत झलकप्रसाद खनाललाई दिइएको म्यानको उच्च स्रोतले अर्थ सरोकार डटकमलाई बतायो ।
लगानीकर्ताले गरे खरो टिप्पणी
यता उनले अवार्ड पाएको खबरपछी लगानीकर्ताहरुले भने खरो टिप्पणी गरेका छन् । ‘हाम्रा हाकिमले (नेप्सेका) राम्राे व्यवस्थापक पुरस्कार त पाए तर व्यवस्थापकहरूकाे व्यवस्थापक हुन सकेनन् ।’ सेयर बजार विश्लेषक एवम् लगानीकर्ताले फेसबुकमा लेखेका छन् । नेप्सेमा अनलाईन ट्रेडीङ ल्याउने कुरामा बाधा पुर्याएको आरोप लागेका सीताराम थपलियालाई नेपाल व्यवस्थापन संघजस्तो गरिमामय संस्थाले प्रतिष्ठित अवार्ड दिनुले आम लगानीकर्ताहरुलाई अचम्मित तुल्याएको प्रतिक्रिया लगानीकर्ताहरुले दिएका छन् । सामाजिक संजालमा समेत उनलाई अवार्ड दिएको कुरामा लगानीकर्ता आफुहरु अचम्मित भएको बताएका छन् । कतिपय लगानीकर्ताले गलत मान्छेलाई अवार्ड दिएको आरोप लगाएका छन् भने कतिपयले नेपाल व्यवस्थापन संघलाई नै व्यंग्य गरेका छन् ।
संघमा नयाँ कार्यसमिति
नेपाल व्यवस्थापन संघले नयाँ कार्यसमिति पाएको छ । शुक्रबार राजधानीमा सम्पन्न २६ औं साधारणसभाले १७ जनाको कार्यसमिति चयन गरेको हो । कार्यसमितिमा डा सुनिल पन्त, डा विनोद आत्रेय, शुशील भट्ट, जेनिशा भट्टराई, डा फत्तबहादुर केसी, सुशील कुमार अर्याल, डा विष्णु खनाल डा राजन थापा, दिलिपराज पौडेल, डा शतिस कुमार ओझा र माेहन पन्त निर्वाचित भएका छन् ।
यता संस्थागत तर्फबाट भने नेपाल राष्ट्र बैंकका निर्देशक तथा बोर्ड सचिव राजेन्द्र पण्डित, सिदार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ, नागरिक लगानी कोषका प्रबन्ध निर्देशक रामकृष्ण पोखरेल, कर्मचारी सञ्चय कोषका प्रबन्धक धुर्ब भट्टराई र नेपाल टेलिकमका प्रमोद उपाध्यय निर्वाचित भएका छन् । यस्तै संघले ‘मेनेजर अफ दिन एयर २०१६’ को अवार्ड एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेललाई प्रदान गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्