×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महाशिवरात्रिमा यि ९ स्थानमा सवारी प्रवेशमा रोक, हेर्नुस् रुटसहित

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महाशिवरात्रिमा यि ९ स्थानमा सवारी प्रवेशमा रोक, हेर्नुस् रुटसहित

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – महाशिवरात्रि पर्वलाई ध्यानमा राखी महानगरीय ट्राफिक प्रहरी महाशाखाले ९ स्थानबाट चल्ने सवारी–साधन प्रवेशमा रोक लगाएको छ ।
महाशाखाले चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वरबाट गौशालातर्फ, मैतीदेवीचोकबाट पुरानोबानेश्वरतर्फ, द्वारिका होटलको उत्तरतर्फको शाखामार्ग, सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी–कुटुबहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुन्ड तथा मित्रपार्कतर्फ तथा तिलगंगाबाट गौशालातर्फ रोक लगाएको हो ।
यस्तै, मालबाहक सवारी–साधनलाई तीनकुनेबाट सिनामंगलतर्फ, जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालबाहक सवारी–साधनलाई गौरीघाटतर्फ, सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग र जोरपाटी, बौद्धतर्फबाट आउने मालबाहक सवारी–साधनलाई चुच्चेपाटीबाट चाबहिलतर्फ व्यवस्थापन गरिएको महाशाखाले जनाएको छ ।
यसैगरी, नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा चक्रपथ परिक्रमा गर्ने यात्रीबाहक सवारी–साधनलाई, पुरानो बसपार्क, भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगासम्म जाने र सोही मार्ग भएर फर्कने व्यवस्था मिलाएको छ ।
रातोपुल गौशाला, चाबहिल हुँदै बौद्धतर्फ चल्ने सवारी–साधनलाई पुरानोबसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानी विभाग, लाजिम्पाट, नारायणगोपालचोक, सुकेधारा, चाबहिल हुँदै बौद्धतर्फ जाने र सोही बाटो फिर्ता हुने व्यवस्था मिलाएकोे छ ।
यस्तै, कलंकी, हल्चोक, बालाजु, महाराजगन्ज भएर चल्ने सवारी–साधनलाई सुकेधारा भएर राजधानी पेट्रोलपम्पसम्म जाने र सोही बाटो भएर फर्कने व्यवस्था मिलाइएको छ ।
रातोपुल, गौशाला भएर चाबहिलतर्फ जाने सवारी–साधनलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चाबहिल, गणेशस्थान हुँदै बौद्ध, जोरपाटीतर्फ जाने र फर्कंदा चाबहिल, सुकेधारा, महाराजगन्ज, लाजिम्पाट, खानी विभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाएको छ ।
यस्तै, शंखमूल, नयाँबानेश्वर, पुरानोबानेश्वरतर्फबाट चल्ने सवारी–साधनलाई पुरानोबानेश्वरबाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाएको छ ।
यसैगरी, विदेशी पर्यटकका सवारी–साधनलाई तिलगंगा, भारतीय दर्शनार्थीका साना सवारी–साधन र पासवाला सवारी–साधनलाई अमालकोट, स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तीर्थयात्रीका सवारी–साधनलाई सिफल चौर, पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी–साधनलाई गौशाला प्रभाग, पासवाला सवारी–साधनलाई कोषको कार्यालय र बौद्ध, जोरपाटीतर्फबाट आउने भक्तजनका सवारी–साधनलाई गुह्येश्वरीमा पार्किङको व्यवस्था मिलाइएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: