Skip to content
LAXMI SUNRISE BANK

स्टान्डर्ड चार्टर्ड बैंकले कमायो छ महिनामा ७४ करोड मुनाफा

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २०.९४ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा स्टान्डर्ड चार्टर्डले ६१ करोड २० लाख सात हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो । 
एक वर्षको अवधिमा चुक्तापुँजी ६७ प्रतिशत बढाएर तीन अर्ब ७४ करोड ९९ लाख एक हजार रुपैयाँ पुर्याउन सफल बैंकको खुद ब्याज आम्दानी करीब साढे २२ प्रतिशत बढेर एक अर्ब चार करोड ७३ लाख ९८ हजार रुपैयाँ पुगेको छ । बैंकले यो अवधिमा निक्षेपमा ७.०९ प्रतिशत वृद्धि गरी ६१ अर्ब ९८ करोड ६१ लाख ८१ हजार रुपैयाँ संकलन गरेको छ भने कर्जातर्फ ३६।२२ प्रतिशत वृद्धि गरी ३५ अर्ब १० करोड ६९ लाख ६८ हजार रुपैयाँ लगानी गरेको छ । 
पूँजीगत जगेडा कोष चार अर्ब ५१ करोड ४४ लाख २० हजार रुपैयाँ पुगेको छ । बैंकले यो त्रैमासमा तीन करोड ३६ लाख ८५ हजार रुपैयाँ खराब कर्जा संकलन गर्दा निष्कृय कर्जा शून्य दशमलव २६ प्रतिशतमा सीमित भएको छ । सम्भावित जोखीमलाई ध्यानमा राखी बैंकले सात करोड ५० लाख ६४ हजार रुपैयाँ रकम छुट्ट्याएको छ । तरलता अनुपात १० प्रतिशत रहेको बैंकको प्रतिसेययर आम्दानी ३९ रुपैयाँ ४८ पैसा रहेको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK