×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्थानिय चुनावको घोषणा सँगै विरगन्जमा मोर्चाले जलायो प्रचण्डको पुत्ला

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्थानिय चुनावको घोषणा सँगै विरगन्जमा मोर्चाले जलायो प्रचण्डको पुत्ला

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ –  प्रचण्ड नेतृत्वको सरकारले स्थानिय निकायको चुनाव घोषणा गरेसँगै क्रुद्ध बनेको मधेसी मोर्चाले मधेसमा आन्दोलन सुरू गरेको छ । मधेसी मोर्चाका कार्यकर्ताहरुले बीरगन्जको घण्टाघर चोकमा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका छन् । पुत्ला दहनसँगै प्रचण्डलाई दलालको संज्ञा दिँदै सरकार विरुद्ध नारा जुलुस समेत प्रदर्शन गरेका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । पुत्ला दहनपछि आयोजित कोणसभालाइ सम्बोधन गर्दै सदभावना पार्टीका उपाध्यक्ष इश्वर यादवले मधेसी मोर्चाकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले मधेसी जनतालाई धोका दिएको आरोप लगाए । उनले संविधान संशोधन बेगरको निर्वाचनको कुनै अर्थ नभएको दावी गरे ।

उनले सरकारले घोषणा गरेपनि मधेसमा निर्वाचन हुन नदिने चेतावनी दिए । उनले मधेसमा अब विगतभन्दा झन सशक्त आन्दोलन हुने बताए । सरकार आफै झुक्ने खालको आन्दोलन अब मधेसमा हुन्छ उनले थपे ।

सरकारले अगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने निर्णय गरेको छ । त्यसको केही घण्टामा नै मोर्चाले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको थियो । मधेसका जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन र भोली मधेस बन्दको आह्वान गरेको छ । साथै सरकार विरुद्ध भण्डाफोर कार्यक्रम गर्ने पनि मोर्चाले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: