×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रोकिएन बजारको ओरालो गति, कारोबार पनि घट्यो !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रोकिएन बजारको ओरालो गति, कारोबार पनि घट्यो !

२८ माघ २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता
काठमाडौँ  – यस साता शेयर बजारमा कारोबार रकम र परिसूचक दुवै ओरालो लागेका छन् । नेपाल स्टक एक्सचेन्ज नेप्सेको साप्ताहिक कारोबार बिबरण अनुसार कारोबार रकम २१.४७ प्रतिशत र परिसूचक ६८.२७ अंक घटेको छ ।
साताभरमा १५६ कम्पनीको एक अर्ब ७३ करोड ९६ लाख ९१ हजार रुपैयाँ बराबरको एक करोड ८८ लाख ८१ हजार २० हजार कित्ता शेयर खरीद बिक्रि भयो । गत साता १५६ कम्पनीको दुई अर्ब २१ करोड ५३ लाख ७० हजार रुपैयाँ बराबरको ५९ लाख पाँच हजार ५८०  कित्ता शेयर खरीद बिक्रि भएको थियो ।  
यो साता नेप्से परिसूचक आइतबार देखि बिहिबारसम्म नै घटेर १२९६.२३ अंकमा अर्लिएको छ । यसैगरि क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इनडेक्स पहिलो दिनको तुलनामा १४.८६ अंकले ओर्लदै २८१.४६ अंकमा झरेको छ ।
यस साता कारोबार रकम र कारोबार संख्या दुबै आधारमा प्रबु बैंक पहिलो भएको छ । १४५७ कारोबारमा बैंकको १० करोड १४ लाख ९० हजार रुपैयाँ शेयर खरिद बिक्री भएको हो । 
कारोबार रकमका आधारमा दोस्रोमा नेपाल लाइफ, तेस्रोमा डिप्रोक्स डेभलपमेन्ट बैंक, चौथोमा नेपाल इन्भेस्टमेन्ट बैंक र पाचौँमा एभरेस्ट बैंक रहेका छन् । यसैगरी शेयर संख्याको आधारमा सिद्धार्थ ईक्विटी ओरिएन्टेड स्किम अग्र स्थानमा रह्यो। इक्विटीको ५६ लाख ७६ हजार इकाइ कारोबार भएको हो ।
यो साता छ कम्पनीको शेयर नेप्सेमा थपिएको छ :-
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: