×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा उतारचढाव कायमै, बजार ४.२४ अंकले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेप्सेमा उतारचढाव कायमै, बजार ४.२४ अंकले घट्यो

Artha Sarokar

९ फाल्गुन २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौँ – लगातार तीन घण्टा हरियो भएको शेयर बजार चौथो घण्टामा भने रातो भएर बन्द भएको छ । कारोबारको सुरुवात देखिनै उतारचढाव देखिएको बजारमा कारोबार रकम भने सुधारिएको छ ।

सोमबार शेयर बजार ४.२४ अंकले घटेर नेप्से परिसूचक १३६५.११ अंकमा ओर्लिएको छ । कु बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.८८ अंकको गिरावटसंगै २९७.२८ अंकमा ओर्लिएको छ ।

आजको शेयर बजारमा खरिदकर्ता र बिक्रीकर्ताबीच तालमेल मिल्दा कारोबार बढेको हो ।सोमबार ८१ करोड रुपैयाँ बराबरका १५ लाख कित्ता शेयर खरिद बिक्री भएका छन् ।

उपसूचकहरु मिस्रित देखिएका छन् । सात समूहको कारोबार भएकोमा पाँच समूहले आज गुमाएका छन् भने दुई समूहका लगानीकर्ताले कमाएका छन् । आज गुमाउनेमा बैंकिंग समूह  ४.३८,बिकास बैंक १०.७९ ,जलविद्युत ३.९८,फाइनान्स ५.५७ र अन्यमा ६.०७ अंकको गिरावट आएको छ । आज होटेल र बीमा समूहले कमाएका छन् । होटेल ०.२ र बीमा ३६.१२  अंकले बढेको छ ।

आज सबैभन्दा बढी नेपाल लाइफको चार करोड २० लाख रुपैयाँको कारोबार भयो । आज सबैभन्दा बढी आइएलएफसीएम माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशत कमाए भने सबैभन्दा बढी भार्गभ बिकास बैंकका शेयरधनीले करिब ६ प्रतिशत गुमाए ।  

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी