Skip to content
LAXMI SUNRISE BANK

दिनभरीमा बजार १५.६६ अंकले झरेर १३४९ अंक हाराहारीमा पुगेर बन्द भयो नेप्से

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – दोहोरो अंकले झरेको शेयर बजारमा कारोबार रकममा आज पनि उल्लेख्य गिरावट आएको छ। दिनभरीममा १३४ कम्पनीको २३ करोड ६१ लाख रुपैयाँको शेयर किनबेच भएको छ।
ब्रोकरहरुका अनुसार किन्ने र बेच्ने दुबै खाले लगानीकर्ता भएपनि उनीहरुले कोट गरेको मूल्यमा धेरै अन्तर भएकाले किनबेच रकम झरेको हो।
चार प्रतिशत घटेर किन्ने लगानीकर्ताको समूह ठूलो छ ब्रोकर संघका उपाध्यक्ष भरत रानाभाटले भने, बेच्नेहरु दुई प्रतिशतभन्दा ज्यादा झर्न चाहिरहेका छैनन्। यही म्याचिङ नमिल्दा कारोबार रकममा गिरावट आएको हो।
दिनभरीमा बजार १५.६६ अंकले झरेर १३४९ अंक हाराहारीमा बन्द भएको छ। अन्यवाहेक सबै सुचकहरु ओरालो लागेका छन्। अन्य सूचक १.७४ अंकले बढेको छ।  
घट्दो बजारमा किन्नेहरु एग्रेसिभ रुपमा पनि आउँदैनन्, रानाभाटले भने, आठ र १० दिनबीचमा बजारमा तिब्र उतारचढाव देखिएकाले पनि लगानीकर्ताहरुमा आजभोलि केही दिन हेरेर निर्णय गर्नेजस्तो मनोविज्ञान देखिएको छ।
सबैभन्दा बढि बिमा १२४.३ अंकले झरेको छ। होटल ४९ अंक  घटेको छ भने वाणिज्य बैंकिङ समूह करिव १६ अंक ओर्लिएको छ। विकास बैंक १४, जलविद्युत साढे चार र फाइनान्स नौं अंक  झरेको छ।
घट्दो बजारमा पनि मञ्जुश्री फाइनान्स, महालक्ष्मी विकास बैंक, जेविल्स फाइनान्स र लुम्बिनी फाइनान्सका लगानीकर्ताले राम्रो कमाएका छन्। बढि गुमाउनेमा युनाइटेड फाइनान्सका लगानीकर्ता छन्। कम्पनीको शेयर मूल्य ९ प्रतिशतले झरेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK