×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संविधान संशोधन विधेयकको पक्षमा उभिन सक्दैनौं : एमाले नेता नेम्वाङ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

संविधान संशोधन विधेयकको पक्षमा उभिन सक्दैनौं : एमाले नेता नेम्वाङ

१२ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं  –  प्रतिपक्षी ९ दलले संसदमा विचाराधीन रहेको संविधान संशोधन प्रस्तावको पक्षमा उभिन नसक्ने स्पष्ट पारेका छन् । संसद बैठकमा बिहीबार बोल्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संविधान संशोधन विधेयकको पक्षमा उभिन नसक्ने जानकारी गराएका हुन् । 
हामी दृढतापूर्वक भन्छौं । यो प्रस्तावलाई हामी समर्थन गर्न सक्दैनौ उनले भने । स्थानीय तहको चुनाव घोषणा गरेर धन्यवाद पाएको सरकारले अहिले संशोधन विधेयक अघि बढाउन खोज्नु दाँतमा ढुंगा लागेजस्तै भएको नेम्वाङले बताए । चुनाव घोषणा गरेर धन्यवाद पाएको सरकारले संविधान संशोधन विधेयक किन ल्यायो बुझ्न सकेका छैनौं उनले भने अहिले यसको आवश्यकता छैन ।
संविधान निर्माण गर्दा माघ ७ गतेभित्र तीनवटै तहको निर्वाचन गर्न सबै प्रमुख दलले हस्ताक्षर गरेको स्मरण गराउँदै नेम्वाङले अब दृढतापूर्वक निर्वाचनमा लाग्नुपर्ने बताए । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित ९ दलले सरकारले मधेस केन्द्रित दलको माग पूरा गर्न भन्दै ल्याएको संविधान संशोधन विधेयकको विरोध गर्दै आएका छन् ।  
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: