×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बजार जोखिमपूर्ण भएको होइन, बजारमा ‘समायोजन’ भएको हो, यी हुन् बजार घट्ने ११ कारण’

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘बजार जोखिमपूर्ण भएको होइन, बजारमा ‘समायोजन’ भएको हो, यी हुन् बजार घट्ने ११ कारण’

१५ फाल्गुन २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • सुहिल भुषाल 
अहिले बजार जोखिमपूर्ण अवस्थामा होईन, सही र समायोजनको अवस्थामा आएको छ । कतिले यो सत्यलाई मानिरहेका छैनन् । यद्यपी सत्य सास्वत हुन्छ र अहिलेको सास्वत सत्य यहि नै हो । हल्लै हल्लाको देश हो भन्दैमा धरै हल्ला गर्न जरुरी छैन । बल्ल अर्थतन्त्रसँग समायोजन हुँदैछ सेयर बजार । विगतमा हल्लै हल्लाले नेप्से परिसूचक १८८१ अंकमा पुर्याईयो भन्दैमा फेरी त्यही अवस्था आँउदैछ भन्दै अर्को हल्लाबाट फेरी कसैले लाभ लिन नखोजे हुन्छ ।
के आधारमा बजार उकाले लाग्ने ? नयाँ ब्रोकरलाइ लाइसेन्स दिने कुराको आधारहिन हल्ला चलाएर ? वा बजार घटाईको हो, अब फेरि उहि रफ्तारमा बढाउंछौ भनेर ? होशियार हुने बेला आएको छ । अहिले बजार बल्ला सही ‘ट्रयाक’मा आएको छ । अझ सत्य बोल्ने हो भने, अझै नेपालको अर्थतन्त्रले यो पूँजी बजारलाई धान्न सक्ने स्थिति देखिदैन । 
आधारहरु यी कुराले पुष्टि गर्छ,
१. नयाँ ब्रोकरलाइ लाइसेन्स दिने कुरामा आधिकारिकता छैन । 
२. बैंकहरुले चर्को व्याज दिने स्किमहरु ल्याईरहेका छन् । अब सेयर किन्नूभन्दा बैंकमा पैसा राख्नु फाईजनक हुँदैछ ।
३. बैंकमा आर्थिक संकट छ । बैंकले फागुनदेखि लागू हुनेगरी न्यूनतम ब्याज ११ प्रतिशत पुग्ने जानकारी आफ्ना ऋणीहरुलाई दिइसकेका छन् । कर्जाको ब्याज बढ्ने ऋणीलाई फोन गरेर जानकारी गराउन थालेका छन् । बैंकले लोनमा च्याप्न लागेको अवस्था हो, आर्थिक बृद्घिदर बढ्ने कुनै आधार छैन ।
४. नेपालको आयस्रोत रेमिटान्स घड्दो दरमा छ ।
५. राजनितिक स्थिरता छैन । तराईमा मधेसी मोर्चाको आन्दोलनमा छ । पहाडमा विप्लव माओवादीको आन्दोलन चर्कदै छ ।
६. बजारमा एफपियोको अफर आको आई छ । वजारमा सेयरको संख्या अधिक भित्रिएको छ,माग भन्दा आपुर्ति ज्यादा देखिएको छ ।
७. साना तथा नयाँ लगानीकर्ताहरु अब थप लगानी गर्न सक्ने अवस्थामा छैनन् । सवै पैसा बजारमा खनाईसकेको अवस्था हो । सके सम्म यो पूँजी बजारबाट भाग्ने प्रयास गर्दैछन् । ठुला लगानीकर्ताले तमसा हेरेको अवस्था छ ।
८. यो सरकारले पुँजीगत खर्च गर्न सकेको छैन । यसको प्रभाव यो अर्थतन्त्रले पूँजी बजारको अहिलेको नेप्से धान्नै सक्दैन ।
९. स्थानीय चुनाव घोषणाले माहोल र बजार लगानीतिर नभई खर्चतिर धकेलीने पक्का छ ।
१०. भारतीय नोट प्रकरण र सम्पत्ती शुद्घिकरणले भारतिय ठुला इन्भेस्टर नेपालको पुँजी बजारबाट बाहिरीएको अवस्था हो कीनकी अरबैंको कारोवार हुने बजार अहिले करोडमा दौडिरहेको छ ।
११. अरबौ रकम पुननिर्माण प्राधिकरसँग होल्ड छ । प्राधिकरणको सीइओ प्रकरणले विदेशि दाताहरु ससंङ्कित बनेको अवस्था हो ।
अहिले कोहीपनि पूँजी बजारप्रति उत्तेजित हुनू जरुरी छैन । होईन भने विगत ४ महिनादेखि लगानी गर्ने बेला यहि हो भन्दै हल्ला चलाएर किन पूँजी बजारमा रमिते बनेर बसीरहेका छन त महाशयहरु ? यो कुरामा सहमत हुन् । बाँकी तपाईंको इक्षा !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: