
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – सनराइज बैंक र एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेडबीच माघ २८ देखि एकीकृत कारोबार हुने भएको छ । सनराइजले एनआइडीसीलाई एक्वायर गरेर माघ २८ देखि एकीकृत कारोबार सुरु गर्न लागेको हो ।
सनराइजले एनआडीसीलाई एक्वायर गर्ने सम्बन्धमा दुवै संस्थाको पुस २५ मा सम्पन्न छुट्टाछुट्टै विशेष साधारण सभाबाट विशेष प्रस्ताव पारित गरेका थिए । यसैगरी, दुवै संस्थालाई एकीकृत कारोबार सुरु गर्न नेपाल राष्ट्र बैंकले माघ १३ मा अन्तिम स्वीकृत दिइसकेको छ भने कम्पनी रजिष्ट्रार कार्यालयले सोमबार स्वीकृति दिएको हो दुवै संस्थाले जानकारी दिएका छन् ।
एकीकृत कारोबार सनराइज बैंक लिमिटेडका नामबाट हुनेछ । एनआइडीसीलाई एक्वायर गरेपछि यस संस्थाको सम्पूर्ण सम्पति तथा दायित्व सनराइज बैंकले स्वीकार्नेछ ।
सनराइजसँग एनआइडीसी क्यापिटलको स्वाप रेसियो ६५ प्रतिशत कायम गरिएको हो । यसआधारमा एनआइडीसीको एक सय कित्ता सेयर हुनेले अब सनराइज बैंकको ६५ कित्ता पाउनेछन् । मर्जपछि सनराइजको वित्तीय अवस्था थप मजबुत हुने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्