×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुन्तला बेचेर इलामले कमायो १२ करोड

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सुन्तला बेचेर इलामले कमायो १२ करोड

Artha Sarokar

२० माघ २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ  सरोकार संम्वाददाता 

काठमाण्डौ – इलामका किसानले यस वर्ष एक हजार ९९५ मेट्रिक टन सुन्तला उत्पादन गरी  ११ करोड ९७ लाख रुपैयाँको सुन्तला बिक्री गरेका छन् ।
यहाँ उत्पादन भएको सुन्तला झापा, मोरङ तथा भारतको दार्जिलिङ, सिलिगुढीलगायतका बजारमा बिक्री भएको हो । सुन्तला सरदर प्रतिकिलो  ६० रुपैयाँका दरले बिक्री भएको किसानले बताएका छन् ।
तराईका व्यापारी कृषकको बगानसम्म सुन्तला खरिद गर्न आएका कारण बजारको खासै समस्या नभएको जिर्मलेका यामप्रसाद अधिकारीले बताए । सुन्तला बिक्रीबाट जिल्लामा बर्सेनि करोडौँ रूपैयाँ भित्रिने गरेको छ । “नामसालिङ गाविसबाट मात्र यस वर्ष तीन करोडको सुन्तला बिक्री भएको छ,” अधिकारीले भने ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तलाको उत्पादनमा तीन प्रतिशतले वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकारी प्रकाशमणि काफ्ले बताए । जिल्लामा यस वर्ष ३५० हेक्टरमा गरिएको खेतीबाट तीन हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । गत आवमा ३४० हेक्टरमा तीन हजार ५२३ मेट्रिक टन सुन्तला उत्पादन भएको कार्यालयले जनाएको छ ।
सुम्बेक, नामसालिङ, जिर्मले, बरबोटे, सोयाक, गोदक, सोयाङ, पशुपतिनगर, कन्याम, लक्ष्मीपुर गाविस तथा इलाम नगरपालिका सुन्तला उत्पादन अत्यधिक मात्रामा हुने गरेको बताइएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी