×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वावलम्बन लघुवित्तले कमायो १४ करोड, गत वर्षको तुलनामा १२ प्रतिशतले बढ्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

स्वावलम्बन लघुवित्तले कमायो १४ करोड, गत वर्षको तुलनामा १२ प्रतिशतले बढ्यो

Artha Sarokar

२४ माघ २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता

काठमाडौं – स्वावलम्बन लघुवित्त विकास बैक लिमिटेडले दोस्रो त्रैमासमा खुद मुनाफामा १४ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ जुन गत वर्षको तुलनाभन्दा १२ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले १२ करोड ५६ लाख रुपैयाँ मुनाफा रहेको थियो ।

४१ करोड रुपैयाँ चुक्ता पूँजी भएको जगेडाकोषमा ६१ करोड २८ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ३९ दशमलव ४ प्रतिशतले वृद्धि गरी ३ अर्ब ५७ करोड २४ लाख रुपैयाँ पुगेको छ । जसबाट बैंकले कर्जामा ७ अर्ब ६ करोड १० लाख रुपैयाँ लगानी गरेको छ ।
 बैंकको खुद व्याज आम्दानीमा १८ दशमलव ५३ प्रतिशतले बढेर ४८ करोड ६४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२ दशमलव ६९ प्रतिशतले बढेर २२ करोड २७ लाख रुपैयाँ पुर्याएको छ । बैंकले ६४ लाख रुपैयाँ प्रोभिजनमा राखेको छ ।
बैंक ९क्ध्द्यद्यी० को निष्कृर्य कर्जा शुन्य दशमलव ८७ प्रतिशत र जोखिम युत्त सम्पत्ति ११ दशमलव ७० प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ६७ दशमलव ७४ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १८ दशमलव ९० गुणा, प्रतिशेयर नेटवर्थ २ सय ४६ रुपैयाँ र तरलता अनुपात २५ प्रतिशत रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी