×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिनर्जीको आइपीओ बाँडफाँट आज दिउँसो ४ बजे हुने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सिनर्जीको आइपीओ बाँडफाँट आज दिउँसो ४ बजे हुने

५ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको आइपीओ बिहीबार अपरान्ह ४ बजेमात्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले विशेष कारणवश बिहान १० बजेका लागि राखिएको बाँडफाँट कार्यक्रम केही ढिला गर्नुपरेको जानकारी दिएको हो । 
सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट बैंकिङ रश्मी रिजालका अनुसार यसअघि बिहीबार बिहान बाँडफाँट गर्ने जानकारी दिइएको भए पनि विशेष प्राविधिक कारणवश दिउँसो ४ बजेमात्र गर्न लागिएको जानकारी दिइन् । सिनर्जीले पुस ८ गतेदेखि १२ सम्म आइपीओ बिक्री खुला गरेको थियो । 
कम्पनीले एक सय अंकित दरका २१ करोड रुपैयाँ बराबर मूल्यको २१ लाख कित्ता सेयर बिक्री गरेको थियो । जसमा कम्पनीले ३५ अर्थात ६३ हजार कित्ता सेयर कर्मचारीलाई दिएको छ भने ५५ अर्थात १ लाख ५ हजार कित्ता सेयर सामूहिक लगानी कोषले पाएका छन् । बाँकी रहेको १९ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गरिएको छ ।
 सिनर्जीको सेयरमा न्यूनतम ५० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिने व्यवस्था गरिएको थियो । कम्पनीको चुक्ता पुँजी हाल ४२ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणलाई बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ पुग्नेछ । सिनर्जीले स्थानीय बासिन्दाका लागि भने ७ करोड रुपैयाँको सेयर बिक्री गरिसकेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: