×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टाँडी प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

टाँडी प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट

२६ माघ २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • प्रनिश थापा /अर्थ सरोकार डटकम 

काठमाण्डौ – ईलाका प्रहरी कार्यलय टाँडीद्धारा सञ्चालन गरिएको अबैध घरेलु मदिरा नियन्त्रण अभियान अनर्तगत पुर्वी चितवनका बिभिन्न स्थानबाट प्रहरीले १३ सय लिटर घरेलु मदिरा नष्ट गरेको छ । टाँडी प्रहरीद्धारा अबैध घरेलु मदिरा नष्ट पुर्वी चितवनको टाँडी, शान्तिचोक , बकुल्हरचोक ,पिठुवा , जुटपानी ,दिगदर्शन चोक, शक्तिखोर, पदमपुर, लाउरेचोक, खोलेसिमल , जयमंगला,सुब्बाचोक लगायत विभिन्न स्थानहरु बाट घरेलु मदिरा तथा मदिरा बनाउने कच्चा पदार्थ बनाउन प्रयोग गर्ने भाँडाहरु नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय टाँडिका प्रहरी नायब उपरिक्षक प्रहरी प्रमुख नारायण रञ्जितकारले बताए । 
ईलाका प्रहरी कार्यलय टाँडीद्धारा सञ्चालन गरिएको अभियान अन्तर्गत पहिलो चरणमा पसल सञ्चालकलाई चेतावनी दिदै मदिरा नबेच्न निर्देशन दिएको र पुनः बेचेको फेला परे कार्वाही गर्ने चेतावनी दिदै अहिलेलाई मदिराजन्य सामाग्री मात्रै नष्ट गरेको प्रहरी नायब उपरिक्षक रञ्जितकारले बताए । रञ्जितकारका अनुसार पछिल्लो समय पुर्वी चितवनका बिभिन्न ठाँउमा मदिराजन्य पदार्थ सेवन गरि हो–हल्ला हुन थालेपछि नष्ट पार्ने अभियानलाई तिब्रता दिएको प्रहरी प्रमुख रन्जितकारले बताए  ।
मोबाईल बरामद 
यसैबीच , ईलाका प्रहरी कार्यालय रत्ननगरले बिभिन्न समयमा हराएका ८ थान मोबाईल सहित बिभिन्न स्थानबाट हराएको मोबाईल फेला पारेको छ । प्रहरीले आई।एम।ई को सहायताले अनुसन्धान गरी सम्बन्धित मोबाईल धनिलाई फिर्ता गराइएको प्रहरी प्रमुख रन्जितकारले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: