
- प्रनिश थापा / अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ – नेता उत्पादन गर्ने कारखाना मानिने स्ववियु चुनाव आउन अब २० दिन मात्रै बाँकी छ । मिनी संसदीय चुनावकै रुपमा लिइने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन ८ वर्षको अन्तरालमा हुन लाग्दा विद्यार्थी नेताहरु क्याम्पस मा संगठनको उपस्थिति देखाउनका लागि सांस्कृतिक कार्यक्रम गर्नेदेखि तालाबन्दी गर्ने सम्म का काम गर्न थालेका छन् ।
संगठनले क्याम्पसमा रहेका सूचना पार्टीमा चुनावी नारा लेख्न थालेका छन् । त्रिविले गत माघ १४ गते देखि नै विद्यार्थी भर्ना रोकेको थियो । तर, यहाँका केही क्याम्पस ले विद्यार्थीसँग समन्वय गरी भर्नाका लागि समय थप गर्ने आन्तरिक सहमति भएको थियो । संगठनले निश्चित अनुपातमा भर्ना गर्ने कि आफूले सकेको जति भर्ना गर्ने भन्ने विषय विवादमा छ । भर्ना विवादकै कारण सप्तगण्डकी क्याम्पस र बालकुमारी कलेज नारायणगढको प्रशासनमा ताला लगाइएको छ ।
सप्तगण्डकीमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन, एमाले निकट विद्यार्थी संगठन र बालकुमारीमा वैद्य माओवादी निकट विद्यार्थी संगठनले ताला लगाएका छन् । क्याम्पस प्रशासन शाखा, लेखा शाखा र क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गर्ने होडबाजी नै चलेको छ । ‘सत्तामा रहेका पार्टी निकट विद्यार्थी संगठनले प्रशासनसँग मिलेर फर्जी भर्ना लिन थालेपछि ताला बन्द गरिएको हो’, बालकुमारी कलेज वैद्य निकट अखिल ९क्रान्तिकारी०का इन्चार्ज दीपक पोखरेलले भने, ‘सत्ताको आडमा फर्जी भर्ना हामीलाई मान्य हुने छैन ।’
‘माउ पार्टीको प्रतिष्ठासँग जोडिएको हुनाले स्ववियु चुनाव निकै महत्वपूर्ण छ’, एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सप्तगण्डकीका अध्यक्ष शिव ढकालले भने, ‘चुनावी परिणाम आफ्नो पक्षमा पार्न सबै उपायहरु अपनाइने छ ।’ ‘राष्ट्रिय एकता र सम्मृद्धिका लागि संविधानको कार्यान्वयन, शैक्षिक ऋण र गुणस्तरीय शिक्षाको लागि अनेरास्ववियुमा मतदात’,भन्ने नाराका साथ चुनावी मैदानमा उत्रिएको ढकालले बताए ।
विद्यार्थी आफ्नो पक्षमा तान्नका लागि संगठनले विविध कार्यक्रम सार्वजनिक गरिरहँदा सम्बन्धित क्याम्पसले भने आचारसंहिताले नदिने भन्दै कार्यक्रम आयोजनामा रोक लगाउन थालेको छ । अनेरास्ववियु सप्तगण्डकी क्याम्पसले सांस्कृतिक कार्यक्रम राखेकोमा प्रशासनले आचारसंहित विपरित हुने भन्दै रोक लगाएको थियो । लगत्तै विरोध स्वरुप क्याम्पस परिसरमै कोणसभा आयोजना गरिएको थियो ।
चितवनमा आठ वर्षअघि भएको विद्यार्थी चुनावमा ९ वटा क्याम्पसमा तत्कालीन एमाओवादी निकट अखिल क्रान्तिकारी र चार वटा क्याम्पसमा एमाले निकट अनेरास्ववीयुले चुनाव जितेका थिए । नेविसंघ रित्तो भएको थियो । नेविसंघले चुनाव नै बहिष्कार गरेको थियो । विगतको निर्वाचन परिणामलाई विश्लेषण गर्ने हो भने एमाले समर्थित अनेरास्ववियु पहिलो, कांग्रेस समर्थित नेविसंघ दोस्रो र माओवादी समर्थित अखित क्रान्तिकारी तेस्रो स्थानमा थिए ।
देशभरका ६० वटा आंगिक क्याम्पसमध्ये एमाले सम्बद्ध अनेरास्ववियुले २६ वटामा आफ्नो वर्चश्व कायम गरेको थियो ।त्यस्तै कांग्रेस सम्वद्ध नेपाल विद्यार्थी संघले १८ र माओवादी निकट अखिल क्रान्तिकारीले १५ क्याम्पस जितेको थियो । भक्तपुर बहुमखी क्याम्पसमा नेपाल मजदुर किसान पार्टीको विद्यार्थी संगठनले एमाले अखिलसँग मिलेर सभापति जितेको आंकडा त्रिभुवन विश्वविद्यालय
टाँडी क्याम्पसमा तालाबन्दी
नेकपा एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको प्रशासनमा आज तालाबन्दी गरेको छ । स्ववियु निर्बाचन नजिकिदै गर्दा गैर विद्यार्थीको भर्ना रोक्नुपर्ने माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो । स्ववियु चुनाब भाड्ने, गुण्डागर्दी र पैसाको आडमा क्याम्पसमा राजनीति गर्नेलाई भर्ना नलिन माग गर्दै तालाबन्दी गरिएको क्याम्पस कमिटीका अध्यक्ष सरोज तिमिल्सिनाले बताए । गैरविद्यार्थीहरुको भर्ना नरोके सम्म ताला नखोलिने उनको भनाइ छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्