
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – भूकम्पपीडितका लागि दिने भनिएको ट्याक्सीकालागि हाते पुस्तिका तयार भएको छ।यातायात व्यवस्था विभागले ट्याक्सीकालागि आवेदन दिएका व्यक्तिको नामावलीसहितको हातेपुस्तिका सम्वन्धित जिल्लामा पठाउने भएको छ ।
पुस्तिकामा नाम लगायतका विवरणमा गल्ती भएमा सच्याउन पाँच दिनको समय पाउने विभागले जनाएको छ ।विगतमा नाम गल्ती हुँदा ट्याक्सी परेपनि नपाउने अवस्था भएपछि हातेपुस्तिकाको व्यवस्था विभागले गरेको हो ।
गल्ती भए सच्याउने, छुटेको भए दाबी विरोध गर्नेलार्इ पाँच दिनको समय दिने विभागको योजना छ,विभागका प्रवक्ता डा टोकराज पाण्डेले भने, समयभित्र दाबी विरोध गरिसकेपछि फाइनल पुस्तिका प्रकाशन गर्ने र चैत महिनाको २६ गते शनिबारसम्म चिठ्ठा प्रणालीमा लगेर र्यान्डम छनोट विधिबाट ट्याक्सी पाउनेहरुको नाम प्रकाशन गरिनेछ ।
भूकम्पपीडितकालागि १५ सय ट्याक्सी थप्ने तयारी छ । तर यो ट्याक्सीका लागि १ लाख ४६ हजारको आवेदन परेको छ । आगामी बैशाखबाट दर्ताको प्रक्रियामा जाने र भुकम्पपीडितले नयाँ वर्षमा ट्याक्सी पाउने उनले बताए ।
१५ सय ट्याक्सी वितरणको योजना अघि बढाएकोमा झण्डै डेढ लाख आवेदन परेपछि कसरी समाधान खोज्ने भन्न्बारे विभाग दुविधामा थियो । कम्प्युटर म्यानुअल विधिमा गएर हातैले चिठ्ठा थुतेर भाग्यमानीलार्इ ट्याक्सीको नम्बर दिने निर्णय गरेको पाण्डेले बताए ।
बिभागका अनुसार चिठ्ठा थुतेर परेका १५ सय भाग्यशालीलार्इ यातायातले नम्बर दिन्छ । भुकम्पपीडित आफैले ट्याक्सी किन्ने तथा कर राजश्व महसुल सबै बुझाउनुपर्छ । नम्बर पाएपछि चलाउन जान्नेले आफैं चलाउने तथा नजान्नेले अरुको सहायताबाट चलाउन सक्छन् । त्यसबाट प्राप्त प्रतिफल भुकम्पपीडितका लागि हुने उनले बताए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्