
- प्रनिश थापा / अर्थ सरोकार डटकम
चितवन – सिट क्षमता भन्दा बढी यात्रु कोच्ने सवारी साधनहरु माथि चितवन प्रशासन आक्रमक भएर लागेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय भरतपुरले १८ दिनकै अवधिमा सिट क्षमताभन्दा बढी यात्रु बोक्दै आएका ४० भन्दा बढी चल्ने म्याजिक भ्यानलाई कार्वाही गरेको हो ।
नगर क्षेत्रभित्र सञ्चालित म्याजिक भ्यानको सिट क्षमता जम्मा आठ मात्रै हो । तर, हामीले पटकपटक नियम विपरीत सवारी चलाउने र अनुमति बिना नै बीचमा सवारी रोकेर सिट क्षमताभन्दा बढी यात्रु बोक्नेलाई कार्वाही गर्छौ भनी पूर्व जानकारी गराउँदा समेत केही सवारीले प्रहरी निर्णयविरुद्ध गरेपछि कार्वाही गरेका हौं । अत्याधिक दुर्घटना हुन थालेपछि हामीले सुरूमा अटो रिक्साबाट अनुगमन गर्न थालेका हौं । उनले भने, जसमध्ये चार वटा अटोरिक्सालाई समेत कारबाही गरेका छौँ । साथै, उनले ‘यसलाई निरन्तरता दिनका लागि दैनिक अनुगमन भइरहेको समेत बताए । फागुन महिना लागेपछि थालिएको अभियानबाट ४० वटा म्याजिक भ्यान र चारवटा अटो रिक्सा गरी जम्मा ४४ वटा सवारीसाधनलाई कार्वाही गरिएको र उनीहरुबाट ४४ हजार रूपैयाँ राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले बताए ।
अझै पनि नियम विपरीत चलाइएको पाइएमा कारबाही गरिने उनले बताए । ‘हामीले सार्वजनिक सवारी साधनको अनुगमन लाई तीव्रता दिएका छौँ,’ प्रनि पन्तले भने, ‘अटेर गरी सवारी चलाउनेहरुलाई कसैको दबाबमा नपरी कारबाहीको दायरामा ल्याएरै छाड्छौँ ।’ यस्तै जनगुनासो बढेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन ले स्कुल बसहरुको समेत निगरानी गर्ने तयारी गरेको बताए । क्षमताभन्दा बढी विद्यार्थी बोक्ने र अति पुराना बसहरु चलाइ रहेको भन्ने सूचना आएपछि स्कूल बसहरुमा पनि छड्के अनुगमन गर्न थालिएको हो । प्रत्येक स्कूल बसहरु २० वर्ष भन्दा पुरानो र विद्यार्थी कोचाकोच गरेर बोकेको पाइएमा कारबाही गरिने प्रहरी प्रमुख प्रनि सन्तोष पन्तले बताए ।
एक करोड राजश्व संकलन
यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा एक करोड ८८ लाख, ८१ हजार ५०० रूपैयाँ राजश्व संकलन गर्न सफल भएको जनाएको छ । साउन महिनायता माघ मसान्तसम्ममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधन, यात्रुहरुबाट बढी भाडा लिने, सवारी चालक अनुमतिपत्र बिना नै सवारी चलाउने, हेलमेट बिना मोटरसाइकल चलाउने लगायत बाट कारबाही स्वरुप उक्त परिमाणमा राजस्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।
जसमा मादक पदार्थ सेवा गरी सवारी चलाएका ९८० जना सहित कारबाही संख्या २४ हजार ४०० वटा रहेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए । त्यस्तै, प्रमुख पन्तले दिएको जानकारी अनुसार विगतका दिन को तुलनामा अहिले मापसे गरी सवारी चलाउनेहरु को संख्यामा उल्लेखनीय कमी आएको बताए । ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्त का अनुसार गत पुस महिनामा हरेक दिन एकएक स्थानमा मात्रै मापसे जाँच गर्दा १३८ जना कारबाहीमा परेका थिए भने माघ महिनामा हरेक दिन १०/१० स्थानमा मापसे जाँच गर्दा जम्मा २६० जना मात्रै कारबाहीमा परेका छन् । यसैलाई आधार मान्दा जिल्लामा मापसे गरी सवारी चलाउनेको संख्यामा कमी आएको बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्