×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अन्तराष्ट्रिय विमानस्थल विस्तारकालागि डेढ अर्बको टेन्डर खुल्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

अन्तराष्ट्रिय विमानस्थल विस्तारकालागि डेढ अर्बको टेन्डर खुल्दै

११ फाल्गुन २०७३, बुधबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – देशको एकमात्र अन्तराष्ट्रिय विमानस्थल विस्तारका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले पुनस् टेन्डर आह्वान गर्ने भएको छ ।

अर्को साता खोलिने  कुल एक अर्ब ५० करोडको नयाँ टेन्डरका लागि तयारी पुरा भएको प्राधिकरणका महाप्रवन्धक सन्जिव गौतमले बताए ।

प्राधिकरणले विमानस्थल विस्तारका लागि चार चरणको कार्ययोजनासहित काम गर्ने योजना रहेको गौतमले बताए। नयाँ टेन्डरमार्फत डेढ अर्बले टर्मिनल भवन, रनवे विस्तार, अन्य एसोसिएटेड कामका लागि खर्च गरिने उनले बताए । त्यस्तै अर्को चरणमा टिआइएमा थप विस्तारको कामलाई अगाडि बढाउन माटो फिलिङको कामलाई पनि अगाडि बढाउने कार्ययोजना रहेको छ ।

सुरुवातमा डेढ अर्बको टेण्डर खुल्छ र त्यसले अन्तराष्ट्रिय टर्मिनल भवन, रनवे विस्तार र अन्य एसोसिएटेड कामहरु हुन्छन् गौतमले भने बाँकी माटो भर्ने तथा दुई दुईवटा डोमेस्टिक र अन्तराष्ट्रिय जहाज पार्किङका लागि दुईबर्षभित्र सकिने गरी थप चारअर्ब ५० करोडको टेन्डर निकालिनेछ । गौतमले जहाज पार्किङका लागि हाल भइरहेको अन्तराष्ट्रिय रनवेको दक्षिणतर्फको भागमा हुने बताए ।

यसअघि सन् २०१६ भित्र सबै काम सक्ने जिम्मा पाएपनि काम नगरेपछि दुईमहिना अगाडि स्पेनिस ठेकेदार कम्पनी सानजोसेले २० प्रतिशतमात्र काम गरेको भन्दै प्राधिकरणले ठेक्का रद्द गरेको थियो ।

सरकारले सुरुमा सो कम्पनीलाई पशुपति क्षेत्रको माटो निकाल्न दिने भनेपनि पछि विश्व सम्पदा सूचिमा सुचिकृत भएकाले त्यहाँबाट निकाल्न मिलेन । माटो निकाल्न नपाएपछि कम्पनी अन्यौलमा थियो । कम्पनीले पशुपति क्षेत्र बहिरबाट माटो नल्याउने अडान लिएपछि प्राधिकरण र कम्पनीबीच असहमति बढेको थियो ।

कम्पनीले प्राधिकरणसँग कामै नगरी साढे दुई अर्ब क्षतिपूर्ति माग गरेपछि विवाद सतहमा आएको थियो । उसले क्षतिपूर्ति वापत क्यानसँग एकअर्ब १७ करोड माग गरेको गौतमले बताए ।

काम नगरेपछि कम्पनीले सुरुमा दायर गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले प्राधिकरणको पक्षमा फैसला गर्यो । उसले फेरि पाटन उच्च अदालतमा मुद्दा हाल्यो । त्यहाँबाट पनि प्राधिकरणको पक्षमा नै फैसला आयो ।

तर समयमा काम नगरेका कारण क्यानले पनि सानजोसेसँग पाँच अर्ब माग राखेको थियो त्यसमा नेपालवाट क्यनले मुद्दा जितपछि सानजोसेले अर्विटेसनका लागि सिङ्गापुरको अदालतमा मुद्दा हालेको थियो ।

त्यहाँपनि प्रारम्भिक चरणमा क्यानले मुद्दा जितेको र अर्को चरणमा पनि क्यानले नै मुद्दा जित्ने अवस्था भएपछि अहिले सानजोसे केहि लचिलो भएर वार्ताद्वारा समस्याको समाधान गर्ने भनेर अनौपचारीक कुराकानी भइरहको गौतमले बताए ।

क्यानले नयाँ टेण्डरका लागि माटो भर्नका लागि कति रकम लाग्ने भनेर मुल्याङ्कन समेत भइरहेको जनाएको छ । अबको टेण्डर निकाल्दा क बर्गका राष्ट्रिय ठेकेदार कम्पनीले सिधै टेन्डर हाल्न पाउने बोलपत्रको तयारी गरिएको गौतमले जानकारी दिए । तर त्यसमा विदेशी कम्पनीले पनि टेन्डर हाल्न पाउनसक्ने प्रावधान भने रहने उनले बताए।

नेपालको वातावरण नबुझेका कारण विदेशी कम्पनीलाई काम गर्न असजिलो भएको र सम्भवत राष्ट्रिय ठेकेदार कम्पनीले विडिङ गर्न सक्ने उनले बताए ।

त्यस्तै सान जोसेले छोडेर गएका सामाग्रीहरुको मूल्याङ्न समेत भइरहेको तर मूल्य तय नभइसकेको उनले बताए । त्यस्तै अब हुने विमानस्थलको विस्तारका लागि पुनस् ६ अर्ब रुपैयाँ नै लाग्ने जानकारी समेत उनले दिएका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: