
एजेन्सी – अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपतीय काल सुरु हुने बित्तिकै धेरै देश बिभिन्न बहानामा शिकार भैरहेका छन् ।
ट्रम्पको कुन नीतिले कसलार्इ कतिबेला हैरान पार्ने हो थाहै हुन्न। अहिलेसम्म ट्रम्पको आँखामा नपरेका जस्ता लाग्ने केही देश छन्, जो अब ट्रम्पको ब्यापार नीतिको निशानामा पर्ने देखिन्छन्।
हालै ब्लुमबर्गले सार्वजनिक गरेको प्रतिवेदनलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले यस्ता केहि देशबारे उल्लेख गरेको छ, जसबाट अमेरिकालार्इ ब्यापार घाटा भैरहेको छ र ट्रम्पले त्यसको लागि कडा कदम चाल्न सक्छन्।
चीनसँगको ट्रेडवारमा त ट्रम्प खुलेरै बोलिसकेका छन्।
अब भारत लगायतका अन्य एशियाली देश पनि ट्रम्पको ट्रेडवारको शिकार हुन सक्ने ब्लुमबर्गको प्रतिवेदनमा उल्लेख छ।
अहिलेसम्म भारतसँगै इन्डोनेशिया, मलेशिया, भियतनाम, थाइल्याण्ड, फिलिपिन्स, सिंगापूर, हङकङ जस्ता देश अमेरिकाको नयाँ ब्यापार नीतिबाट बचेकै जस्तो देखिएका छन्। तर, अब यि देश पनि ट्रम्पको निशानामा पर्ने विश्लेषण भैरहेको छ।
ब्लुमबर्गमा प्रकाशित प्रतिवेदन अनुसार ट्रम्प नयाँ कर सुधार योजना अन्तर्गत आयातमा अतिरिक्त भन्सार लगाउने तयारीमा छन्। यसअघि नै १२ देशको ट्रान्स प्यासिफिक पार्टरनरशिपबाट बाहिर निस्केर ट्रम्प नेतृत्वको अमेरिकाले जापान, चीन र दक्षिण कोरियासँगको ब्यापार नीतिमाथि त धावा बोलिसकेको छ।
अमेरिकाप्रति संरक्षणबादी नीति लिएर अघि बढेका ट्रम्पले विश्व अर्थतन्त्रको विकासमा नै असर पर्ने गरी निर्णय लिन सक्ने ब्लुमबर्गको प्रतिवेदनमा छ।
चीन, जापान र दक्षिण कोरियाबाहेक अमेरिकाको आँखामा अहिलेसम्म नपरेको देशमा भियतनामबाट फर्निचर, लत्ताकपडा र कम्बल अमेरिका निर्यात हुने गरेको छ।
भियतनामले अमेरिकासँग कुल अर्थतन्त्रको १५ प्रतिशत निर्यात ब्यापार गरिरहेको छ। भारतबाट आइटी सेवा, टेक्सटाइल र बहुमुल्य पत्थर अमेरिका निर्यात हुने गरेको छ। जसमा अमेरिकालाई ठूलो ब्यापार घाटा छ।
दक्षिण कोरिया र अमेरिकाबीच पनि ८० प्रतिशत ‘ट्रेड ग्याप’ छ। कोरियाबाट अटो देखि मोवाइल सेटसम्म अमेरिका निर्यात हुन्छ। ट्रम्पको नीतिबाट डराइरहेको कोरियाले आपसी ब्यापार नीति बारे ह्वाइट हाउससँग छलफल गरिरहेको बताइएको छ।
इन्डोनेशियाबाट लत्ताकपडा, रबर र जुत्ता अमेरिका जान्छन्। अमेरिका र इन्डोनेशियाबीच ब्यापार नीतिका बारेमा गत अप्रिलमा मात्रै छलफल भएको थियो। यस्तै थाइल्याण्ड र फिलिपिन्सबाट विद्युतिय र रबरका उत्पादन अमेरिका जान्छन्।
फिलिपिन्स ले भारी मात्रामा विद्युतिय सामाग्री अमेरिका पठाउने गरेको छ। सिंगापूरका लागि पनि अमेरिका ठूलो बजार बनिसकेको छ। ‘फिनान्सियल हब’ मानिएको सिंगापूरका ठूला बैंक, ल फर्म, कन्सल्टेन्सी तथा बिभिन्न एकाउन्टेन्स सर्भिसबाट अमेरिकासँग जोडिएको छ। त्यस बाहेक दुइ पक्षिय ब्यापारमा सिंगापूर एयरलाइन्स पनि उत्तिकै महत्वपूर्ण छ। यस्तै हङकङ पनि अमेरिकी ब्यापारको हबको रुपमा मानिन्छ।
यस्तो अवस्थामा जुन देशहरुसँग अमेरिका ब्यापार घाटामा छ, अब अमेरिकाको नीति उक्त घाटा कसरी घटाउने भन्नेमै केन्द्रित हुने देखिन्छ।
एशियन ट्रेड सेन्टरका कार्यकारी निर्देशक डेबुरा एम्सका अनुसार एशियाका सबै देशले अमेरिकामा निर्यात गरिरहेका छन्। ब्यापार घाटाप्रति ट्रम्प जुनसुकै बेला पनि कडा रुपमा प्रस्तुत हुन सक्ने सम्भावना रहेको उनको विश्लेषण छ।
ट्रम्पले चुनावी क्याम्पेनमा चीनलाई मुख्य निशाना बनाएका थिए। तर, अहिलेसम्म चीनको आयात रोक्न अमेरिकाले कुनै कदम अघि बढाएको छैन।
ट्रम्पको ट्रेडवारबाट डराइरहेका जापानी प्रधानमन्त्री सिन्जो आबेले त दुर्इपटक अमेरिकाको भ्रमण गरिसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्