
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – देशलाई एमाले बिहिन बनाउन भन्दै प्रचण्डको पछाडि लागेका मधेसी नेताहरुले प्रचण्डबाट गभ्भीर धोखा पाएको निष्कर्षमा पुगेका छन । उनीहरुले मधेशका मुद्धामा माओवादी,कांग्रेस पनि भाई एमाले भएको निष्कर्ष निकालेका छन ।
प्रचण्ड र देउवाको बोलीलाई पत्याउने आधार अब पूर्ण रुपमा सकिएको निष्कर्षमा मधेसी नेताहरु पुगेका छन । पहिला संविधान संशोधन गर्न ललिपप बाढेर अन्तमा आफूहरुलाई थाङ्नामा सुताइएको प्रति मधेशका नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग आक्रोश पोखेका हुन ।
हिजो राती बालुवाटारमा सम्पन्न बैठकबाट उनीहरु यो निष्कर्षमा पुगेका हुन । बैठकमा प्रधानमन्त्री ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, मधेशी मोर्चाका नेता महन्त ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ लागायतका नेताहरुको सहभागिता रहेको थियो ।
उक्त बैठकमा मोर्चाले संविधान संशोधन प्रस्ताव टुंगो लगाएर मात्रै निर्वाचन मिति घोषणा गर्न माग राखे पनि उक्त मागलाई बेवास्था गर्दै सरकार निर्वाचन मिति घोषणा गरेर संविधान संशोधनको प्रकृया टुंग्याउने निष्कर्षमा पुगेसँगै मधेसी नेताहरु विद्रोह गर्ने चेतावनी दिएका छन ।
हिजो प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरुलाई बालुवाटार बोलाएर सरकारको तयारीबारे जानकारी गराउँदै सहयोगको आव्हान गरेका थिए । तर,मधेशका नेताहरुले यसमा असहमति जनाउदै आएका छन ।
वैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ अनुसार सरकारले सोमबार निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ। उनले बैशाख ३० या ३१ गते स्थानिय निकायको निर्वाचनको मिति तोकिने जनाएका छन ।
अहिले केही समय पछाडि बस्ने मन्त्रिपरिषद्को बैठकबाट चुनावको मिति घोषणा गर्न तयारीमा सरकार जुटिरहँदा मधेसी नेताहरुले भने चुनावको मिति घोषणा गरिए प्रधानमन्त्री प्रचण्डसँगको सम्बन्ध विच्छेद गर्न चेतावनी दिइरहेका छन ।
चुनावको मिति घोषणा गरिए लगतै पुन आन्दोलनमा उत्रने मधेसी नेताहरुको चेतावनी छ । मोर्चाको बैठक आज दिँउसो दुई बजे बस्ने तय भइसकेको छ ।
प्रधानमन्त्री प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री प्रचण्डले फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाउने गरी चुनावको मिति घोषणा गर्न आश्वासन दिएका छन । तर मधेसी नेताहरुले भने प्रचण्डको उधारो आश्वासनको पछाडि आफूहरु अब नलाग्ने बताएका छन ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्