Skip to content
LAXMI SUNRISE BANK

‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय स्वार्थ पूरा हुन नदिन ओलीले ल्याए दस्तावेज

अर्थ सरोकार

  • अर्थ सरोकार संम्वाददाता 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘पाकिस्तानलाई घेराबन्दी गर्ने’ भारतीय नीतिको विरोध गरेका छन् । उनले सार्क, बिमस्टेकजस्ता संगठनलाई भारतीय स्वार्थ पूरा गर्ने साधन बनाउन खोजिएको भन्दै त्यसको विरोध गरेका छन् ।
बुधबारदेखि सुरु भएको एमालेको पोलिटब्यूरो बैठकमा केपी ओलीले पेश गरेको १० पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा भारतले पाकिस्तानलाई घेराबन्दी गर्न खोजेको विश्लेषण गरिएको छ । नेपालले भारतीय स्वार्थ पूरा हुन नदिने ओलीको दस्तावेजमा स्पष्ट संकेत गरिएको छ ।
ओलीद्वारा प्रस्तुत प्रतिवेदनको छैठौं पृष्ठमा भनिएको छ भारतको रुची सार्कलाई प्रभावकारी बनाउनुको साटो विमस्टेक तथा बीबीआइएन जस्ता उपक्षेत्रीय संगठनहरुलाई प्रोत्साहन गर्नेमा देखिएको छ । यसभित्र पाकिस्तानलाई सबैतिरबाट अलग गर्ने भारतीय उदेश्य रहेको महसुस गर्न सकिन्छ ।’
एमाले अध्यक्ष ओलीले दस्ताबेजमा अगाडि भनेका छन् सार्क, बिमस्टेकजस्ता मञ्चहरुलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्ने दिशामा हरसम्भव प्रयाश गर्नुपर्छ ।’
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK