×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपेन्द्र यादव दिल्लीबाट आएलगत्तै थाले यस्तो तयारी, अब के गर्लान् प्रचण्ड ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

उपेन्द्र यादव दिल्लीबाट आएलगत्तै थाले यस्तो तयारी, अब के गर्लान् प्रचण्ड ?

१३ फाल्गुन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  –  संघीय सामाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले दिल्लीबाट फर्के लगत्तै आफू नेतृत्वको संघीय गठबन्धनको बैठक बोलाएका छन् । बुहारीको उपचारका सिलसिलामा दिल्ली गएका यादव बुधबार राति नेपाल आएका थिए । गठबन्धन बैठक राजधानीको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा जारी छ ।
संघीय समाजवादी फोरम अध्यक्षसमेत रहेका यादव दिल्लीबाट फर्केलगत्तै आन्दोलनको स्वरुप तथा भावी रणनीतिबारे छलफल गर्न गठबन्धन बैठक बसेको हो । मधेसी मोर्चा र गठबन्धनले संविधान संशोधनबिनै स्थानीय तहको निर्वाचन घोषणा गरिएको भन्दै त्यसविरुद्ध पहिलो चरणको आन्दोलन घोषणा गरिसकेको छ ।स्रोतका अनुसार बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने आवाज चर्को रुपमा उठेको छ । 
फोरम अध्यक्ष यादवका सहयोगी महेश चौरसियाले कतिपय दलका नेताले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता लिएर निर्णायक आन्दोलनमा जानुपर्ने धारणा राखेका छन् ।तर, अध्यक्ष यादव भने केही दिनको मल्टिमेटम दिने र त्यतिबेलासम्म पनि माग पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने मनस्थितिमा हरेको चौरसियाले काठमाण्डुटुडेलाई बताए ।
‘केही समय अल्टिमेटम दिने र त्यतिबेलासम्म पनि सुनुवाई नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनु उपयुक्त हुन्छ भन्ने अध्यक्षज्यूको धारणा छ’, चौरसियाले भने, ‘आजै समर्थन फिर्ता लिएर निर्णायक आन्दोलनमा जानुपर्ने विचार सशक्त रुपमा आएको छ ।’ मोर्चा र गठबन्धनले सरकारले निर्वाचन स्थगनको घोषणा नगरेसम्म कुनै वार्ता नगर्ने तथा सरकारलाई सहयोग नगर्ने बताइसकेको छ । केही दिनअघि प्रधानमन्त्रीले बोलाएको सर्वपक्षीय बैठक मोर्चाले बहिस्कार गरेको थियो ।
  • काठमाडौँ टुडे
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: