
स्थानीय निकायको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा मधेसी मोर्चाभित्र भने आन्दोलनको स्वरुपलाई लिएर विवाद भएको छ । स्रोतका अनुसार संविधान घोषणापछि जस्तै यसपटक पनि नाकाबन्दी गर्ने कि नगर्ने भन्नेमा मोर्चामा दुई धार देखिएको छ ।
सदभावना तमलोपा अध्यक्ष महन्थ ठाकुर, तमसपमा अध्यक्ष महेन्द्र यादव सदभावना अध्यक्ष राजेन्द्र महतो फेरि नाकाबन्दी लगाउनुपर्ने पक्षमा छन् । तर, संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादव, नेपाल सदभावना पार्टीका अध्यक्ष अनील झा नाकाबन्दी गर्न नहुने पक्षमा रहेको स्रोतको भनाई छ ।
नाकाबन्दीले शासकहरुलाई भन्दा आमजनतालाई कष्ट हुने भएकाले नाकाबन्दी गर्न नहुने उनीहरुको तर्क छ ।
तत्कालका लागि भने मोर्चा भित्र सरकारी कार्यालय कब्जा गर्ने योजना बनेको छ । सरकारलाई एक पैसा पनि कर आउन नदिने गरी मोर्चाले आफ्नो कार्यक्रम तय गरेको छ ।
यस अगाडि केपी ओली नेतृत्वको सरकारले संविधान जारी गरेसँगै यस अगाडि असोज २०७२ देखि करिब पाँच महिना लामो नाकाबन्दी लगाएको थियो । पछि ओली सरकार ढालेर प्रचण्ड नेतृत्वमा सरकार बनेसँगै उनीहरुले नाकाबन्दी खोलेका थिए ।
- एस काठमाडौं
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्