
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको समाचार आएपछि व्यवस्थापिका संसदको सुशासन समितिले विहीबार अनुगम गरेको छ । समितिले विमानस्थल र कार्गो कार्यालयको निरिक्षण गरेको हो ।
समितिले विमानस्थल, भन्सार, अध्यागमन, नागरिक उड्ययन प्राधिकरण र प्रहरी प्रशासनको मिलेमतोमा सुन तस्करी भएको निष्कर्ष निकालेको छ । समितिका सभापति मोहनसिंह राठौरले भन्सारबाट बाहिरिने कुरामा हुने अनियमितता कर्मचारी प्रशासनको सहयोगबिना संभव नहुने बताए । थप अध्ययन गरी सबै कुरा पारदर्शी बनाउने समेत उनले जानकारी दिए ।
समितिले विमानस्थल सुरक्षा जाँच गर्ने प्रविधि चुस्त नभएको, एक्सरे मेसिन कम भएको ठहर गरेको छ। भन्सारका कर्मचारीको हातमा एक्सरे मेसिनको सबै ‘फङ्सन’ हुने भन्दै हरेक ठाउँमा दुईवटा फरक चेकिङ गर्नु पर्ने निश्कर्ष निकालेको छ ।
समितिले भिआइपीका नाममा जो पनि विमानस्थल प्रवेश गर्न सक्ने र त्यहाँ कर्मचारीभन्दा व्यापारीका मान्छे धेरै हुने गरेको जनाएको छ । भिआइपीको नाममा भित्र छिर्ने र त्यसको दुरुपयोग गरेर वारम्वार तस्करी हुने गरेको समितिको ठहर रहेको छ ।
विमानस्थलको आगमन कक्षमा एउटा छुट्टै गेट रहेको र त्यहाँ एकजनामात्र पुलिस बस्ने गरेको देखिएको भन्दै तत्काल उक्त ढोका बन्द गर्न निर्देशन दिएको छ । विदेशवाट लाश आउँदा प्रयोग हुने उक्त ढोकाबाट नै सुन तस्कारी भएको हुनसक्ने राठौर बताए । ‘उक्त ढोकामा एक्स्रे मेसिन नभएको कारण तस्करले प्रयोग गरेको हुनसक्छ’ उनले भने ।
एकैजना कर्मचारी २० बर्षसम्म भन्सार तथा विमानस्थलमा खटाइएको भन्दै समितिले गृह, अर्थ र पर्यटन मन्त्रालयका ठूला कर्मचारीको पनि मिलेमतो हुनसक्ने आशंका गरेको छ । यसप्रति सामान्य प्रशासन मन्त्रालयलाई समेत सचेत गराइने राठौरले बताए ।
कुनैपनि मानिस वा सामाग्री विमानस्थल तथा भन्सारबाट वाहिरिदा क्रस चेकिङको व्यवस्था नभएका कारण तस्करी गर्नेलाई सजिलो हुन सक्छ, राठौरले भने एक कामका लागि खटिएको कर्मचारी अर्थोकै गरि रहेको पनि हुन सक्छ, यो सवै सेटिङ नभइकन सम्भव नै छैन ।
समितिले १५ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी उपसमिति बनाउने समेत निर्णय गरेको छ । जहाज पार्किङ, एयरपोर्ट विस्तार, भौतिक संरचना सुधार तथा भन्सारको आधुनिकिकरणका लागि निर्देशनसहितको प्रतिवेदन प्रस्तुत गरिने सभापति राठौरले जानकारी दिए ।
त्रिवि भन्सार कार्यालयका प्रशासकिय अधिकृत नारायण सापकोटाले केहि सुधारका काम भइरहेको भन्दै सिसि क्यामेरा थप गरेर अझ प्रभावकारी ढंगले चेक गरिने बताए ।
विमानस्थल कार्यालय प्रमुख देवेन्द्र उपाध्यायले सुन चेकजाँच विषय सुरक्षासँग सम्वन्धित विषय भएको भन्दै कर्मचारीको मिलेमतो नहुने बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्