×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरकारीको मूल्यमा आयो कमी, किसानहरु मारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

तरकारीको मूल्यमा आयो कमी, किसानहरु मारमा

Artha Sarokar

१० फाल्गुन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 
काठमाण्डौ  – बजारमा तरकारीको मूल्यमा कमी आएपछि नालाका किसान मारमा परेका छन् । व्यापारीले गत साता प्रतिकिलो रु १२ मा मुला किन्ने गरेका थिए । तर मङ्गलबार बजारमा पुग्दा प्रतिकिलो रु ९ मात्र दिएको टुकुचा नाला– ८ का गङ्गा घिमिरेले बताए । उनी आफूले उत्पादन गरेको तरकारी दैनिक उग्रचण्डी कृषि बजारमा ल्याएर बिक्री गर्छन् ।
 “दुई घन्टा हिँडेर तरकारी बिक्री गर्न आउँछु, तर व्यापारीले उचित मूल्य पाइँदैन,” उनले भने । व्यापारीले मनोमानी रुपमा तरकारीको मूल्य तोक्ने गरेका घिमिरेको आरोप छ । टुकुचा नालामा सबैभन्दा बढी मुला उत्पादन हुन्छ । तर विगत वर्षमा जस्तो किसानले तरकारीको मूल्य पाउन सकेका छैनन् । उचित मूल्य नपाउँदा तरकारीमा मेहनत गर्न छाडेको स्थानीयवासी भवानी घिमिरे बताउँछन् । एक्कासि तरकारीको मूल्यमा कमी आएको हो ।
 गङ्गा र भवानी जस्तै यहाँका अन्य किसान तरकारीको उचित मूल्य नपाएपछि मारमा परेका छन् । “प्रमुख आयस्रोत नै तरकारी खेती हो, उचित मूल्य नपाउँदा खर्च धान्न मुस्किल भएको छ,” उग्रचण्डी नाला– ७ का सीताराम दाहालले भने । कालिमाटी बजारमै तरकारीको मूल्यमा कमी आएपछि त्यसको मार किसानलाई परेको उग्रचण्डी कृषि बजारका व्यापारी जितेन्द्रप्रसाद गुप्ताले बताए । 
उग्रचण्डी तरकारी बजारमा दैनिक उग्रचण्डी नाला, टुकुचा नाला, देवीटार, नयाँगाउँ देउपुर गाविसलगायतका किसान तरकारी बिक्री गर्न आउने गरेका छन् । उक्त बजारमा हाल मुलाको खरिद मूल्य प्रतिकिलो रु ८ देखि रु १०, काउली रु १० देखि रु १२ तथा मटरकोसाको रु ४४ देखि रु ४६ सम्म रहेको छ । गत वर्षभन्दा सस्तोमा तरकारी बिक्री भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी