×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आत्तिनुपर्ने कारण छैन, सेयर बेचे न घाटा हुने हो, नबेचौं न ! रातपछी त दिन आइहाल्छ नि ! (यम बहादुर खुलालको विश्लेषण)

PRIME CA

आत्तिनुपर्ने कारण छैन, सेयर बेचे न घाटा हुने हो, नबेचौं न ! रातपछी त दिन आइहाल्छ नि ! (यम बहादुर खुलालको विश्लेषण)

अर्थ सरोकार

२९ माघ २०७३, शनिबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • यम बहादुर खुलाल 

आदरणीय नयाँ तथा पुराना लगानीकर्ताज्युहरु,
अहिले हाम्रो पूँजी बजार घट्दो छ । १८०० अंकभन्दा माथि पुगेको नेप्से परिसूचक  हाल १३०० को लाइनमा आइसकेको छ । पहिलेपनि नेप्से इन्डएक्स २९२ सम्म आएको थियो । त्यसबाट  सुधार  हुँदै उच्च अंक चुम्न सफल भयो । ४ देखि ५ महिनको अवधिमा ६०० अंकजति घटीसकेको छ । अब लगभग यसलाई  न्यून बिन्दु हो भनी बजारमा नयाँ लगानीकर्ताले प्रवेश गर्ने बेला भैसकेको छ । अब यो बिन्दुभन्दा धेरै तल जाने सम्भावना छैैन । 
यो बिन्दुसमम्म ल्याउन केही मिडियाका साथसाथै केही शेयर बेचेर बसेका व्यक्तिहरुको हात छ । बजारमा अत्यासलाग्दो गरी हल्ला गरेर नयाँ लगानीकर्तालाई  तर्साएर यो बिन्दुसम्म बजार आएको हो । बिमाको चुक्ता पूँजी वृद्धि नगर्ने हल्ला, हल्ला मात्र हो । बैंकहरु ८ अर्व चुक्ता पूँजी पुर्याउन लगिसकेका छ्न । त्यसैले हाल अत्यन्त न्यून पूँजी भएका बिमाबाट ठुलो दुर्घटना भएमा,  जोखिम ‘कभर’ हुन सक्दैन ।
               
त्यसैले व्यवसायको वृद्धि गर्न जोखिम क्षमता बढाउनपनि बीमा कम्पनीको चुक्तापूँजी वृद्धि  अवश्य हुनेछ । बीमाको बजार बढदो छ । हाल प्रकासित दोस्रो क्वाटरको रिपोर्टमापनि सबै  बैंक तथा बिमा कम्पनीहरुको नाफा उल्लेख्य वृद्धि भएको छ । साथै व्यवसायको आकारमापनि वृद्धि भएकाे छ । समय अनुसार र व्यवसायको आकारको वृद्धिसँगै  बैंक तथा बीमा कम्पनीहरुको चुक्तापूँजी वृद्धि नगरी सुखै छैैन । 
हामी अहिले आतिएका छौ । एक पल्ट ठण्डा दिमागले सोचौ ।  हामी किन सस्तो दरमा सेयर बेचिरहेको छौ ? यो समय अलिकति जटिल  हो । यसको मुख्य कारण तरलता अभावनै हो । सरकारले समयमानै विकास खर्च गर्न नसक्दाको परिणाम हो । तर अब तरलताको समस्या पनि बिस्तारै घटदै जानेछ । अबको १० देखि १२  दिनभित्रमा तपाईं हामीले आइपीओ र  एफपीओमा लगानी गरेको रकम लगभग ६० अर्बजति आउने छ ।यसलेपनि मार्केटमा बिस्तारै सुधार ल्याउने छ । 
सरकारलेपनि विकास खर्चमा बृदी ल्याउने छ । त्यसैले अहिले हामिलाइ धैर्यताको खाचो छ । यस्तो धैर्यता केबल १० देखि १५ दिनमात्र भए पुग्छ ।  अहिले हामी कागजी घाटाबाट अतालिएका छौ । तर बेचेमा न घाटा हो । यदि बिक्रि नगरी होल्ड गरेमा घाटा हुदैन ।  हामी सबै सुन्दर दिनको प्रतीक्षामा बसौ ।  निकट भबिस्यमा नै अनलाइन ट्रेडिङ बैंकलाई ब्रोकर लाइसेन्स, एनआरएनलाई पूँजी बजारमा प्रवेश हुनेवाला छ । अनि अर्को कुरा निकट भबिस्यमा तीनवटा निर्वाचन हुनेवला छन् । यदि निर्वाचन भमा तरलताको समाप्तीसँगै पूँजी बजारको नयाँ अध्याय सुरु हुनेछ ।
त्यसैले यी सबै काम निकट भविष्यमा सम्पन्न हुनेवाला छन् । जसको कारणले नेप्से परिसुचक नयाँ उचाइमा पुग्ने छ । अहिलेलाई केही समय बिक्रिका लागि पर्खौं । किन कि रातपछि आउने त दिननै त हो नि । धन्यवाद ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: