
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – युवाहरु रोजगारीका लागि बाहिरिने क्रम दिन प्रतिदिन बढिरहेका बेला स्वदेशमै रोजगारीका लागि आकर्षित गर्न सुर्खेतमा ग्रामिण युवा उद्यम कार्यक्रम लागु भएको छ। युवालाई विभिन्न व्यवसायमा आकर्षित गरी स्वरोजगारी प्रदान गर्ने उद्देश्यले कार्यक्रम लागु भएको हो।
जिल्ला युवा समिति सुर्खेतका कार्यालय प्रमुख भोजराज शर्माका अनुसार युवालाई स्वदेशमै रोजगार बनाउने उद्देश्यले विना धितो तथा विना ब्याज ५ लाख रुपैयाँ प्रदान गरिँदै आइएको छ। उक्त रकम ५ वर्षमा फिर्ता गर्र्नुपर्ने प्रावधान रहेको शर्मा बताउँछन्।
समितिले सञ्चालन गर्ने कार्यक्रमहरु ग्रामिण इलाका लक्षित हुने उनले बताए। कार्यालय व्यवस्थापनसहित यो वर्षका लागि नमुना कार्यक्रमका रुपमा युवा उद्यम कार्यक्रम संचालन गर्न लागिएको कार्यालयका प्रमुख उपसचिव भोजराज शर्माले जानकारी दिए। यसअन्तर्गत जिल्लाका ३ निर्वाचन क्षेत्रका १र१ वटा वडा छनोट गरी कार्यक्रम लागु हुने भएको छ।
यसक्रममा १० जना युवा छनोट गरी मोबाइल मर्मतसम्बन्धी तालिम दिइँदै छ। सरकारले दश वर्षे रणनीतिअनुसार युवाहरुलाई २०२५ सम्ममा राष्ट्र निर्माणका कार्यमा लगाउने गरी यस प्रकारका तालिमहरु सञ्चालन गर्दै आएको शर्माले बताए।
जिल्ला युवा समितिको कार्यलय सुर्खेतले यस आर्थिक वर्षका लागि ग्रामिण युवा उद्यम, युवा उत्सव तथा महोत्सव, समाजमा युवाका लागि एक दिन, जिल्लास्तरका युवाको प्रतिभाको खोजी लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष्य राखेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्