
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – म्याग्दीको बेनी नगरपालिका वडा नं.१४ डाँडाखेतमा रहेको बालमन्दिर निमाविमा भएको आगलागीबाट झन्डै ९२ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्यालय बन्द रहेको समयमा बुधबार दिउँसो वर्षा भएको बेलामा विद्युत् सर्ट भएर विद्यालयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीकी प्रहरी नायव उपरीक्षक बसुन्धरा खड्काले बताइन् ।
विद्यालयका प्रधानाध्यापक तीर्थबहादुर बानियाँका अनुसार आगलागीबाट विद्यालयका १० ओटा कोठा जलेर पूर्ण रुपमा क्षति भएका छन् । स्थानीयवासीले कक्षाकोठाहरुबाट एक्कासि धुवाँको मुस्लो निस्किएको देखेपछि आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। आगो नियन्त्रणमा नआउँदा लाखौं मूल्यको भवन, फर्निचर, कम्प्युटर तथा महत्वपूर्ण कागजातहरु जलेर नष्ट भएका छन् ।
त्यस क्षेत्रमा गएको आइतबारदेखि विद्युत् अवरुद्ध भएकोमा बुधबारबाट मात्र विद्युत् सुचारु भएको थियो । केही दिन विद्युत् आपूर्ति बन्द हुनु र सुचारु भएकै दिन मौसममा समेत खराबी हुनुले ओभरलोडको समस्याका कारण विद्युत् सर्ट भएको हुन सक्ने अनुमान गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्