
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारीहरुलाई करोडौ रुपैयाँ गैरकानुनी रुपमा बोनस दिन लागेको आशंका गरी सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणमा गई सम्बन्धित कागजात कब्जामा लिएको छ । अख्तियारको एक टोली प्राधिकरण गई कर्मचारीहरुलाई बोनसबापत करोडौं रुपैयाँ बाँड्नका लागि निर्णय गरिएको फाइल कब्जामा लिइएको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।
प्राधिकरण र सो अन्तर्गतका निकायमा हाल ८ सयभन्दा बढी कर्मचारीहरु कार्यरत छन्। उनीहरु सबैलाई बोनस दिनका लागि प्राधिकरणको सञ्चालक समितिले निर्णय गरेको बताइन्छ । अख्तियारबाट प्राप्त जानकारीअनुसार ती कर्मचारीहरुलाई बोनसबापत रकम बाँड्दा झन्डै ५४ करोड रुपैयाँ जाने थाहा पाएका कारण सम्बन्धित फाइल कब्जामा लिइएको हो । अख्तियारका प्रवक्ता कोइरालाले प्राधिकरणले बाँड्न लागेको बोनसबापतको रकम कानुनी हो वा गैरकानुनी हो भन्ने बारेमा अनुसन्धान गरी निष्कर्षमा पुगिने उल्लेख गरे ।
अख्तियारका सम्बन्धित कर्मचारीले भने, ‘प्राधिकरणले गैरकानुनी रुपमा बोनस बाँड्न लागेको हो भन्नेमा हामीेले प्रारम्भिक रुपमा अनुमान गरेका छौं । हाम्रो यो अनुमान मिल्छ जस्तो लागेको छ।’ पर्यटनमन्त्री जीवनबहादुर शाहीले पनि प्राधिकरणका कर्मचारीहरुलाई बोनस दिने कार्यमा सहमति जनाएको कागजी रुपमा देखिएको अख्तियार स्रोतले जानकारी दियो । शाहीले हाल अर्कै मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । अख्तियारले दिएको जानकारीअनुसार मन्त्री शाहीले आफूले पर्यटन मन्त्रालय छाड्ने क्रममा त्यस्तो सहमति दिएको बताइएको छ । यो समाचार नेपाल समाचारपत्रबाट साभार गरिएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्