×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस सहित यातायात व्यवस्था विभागका अधिकृत अख्तियारको फन्दामा

GLOBAL IME BANK

घुस सहित यातायात व्यवस्था विभागका अधिकृत अख्तियारको फन्दामा

१९ फाल्गुन २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यातायात व्यवस्था विभागका शाखा अधिकृतलाई घुस सहित पर्काउ गरेको छ । अर्थ सरोकार डटकमलाई प्राप्त जानकारी अनुसार टोलीले यातायात व्यवस्था विभाग मिनभवन, काठमाण्डौंका शाखा अधिकृत अर्जुन प्रसाद रिजाललाई २५ हजार घुस सहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार रिजालले महा नेपाली मोटर ड्राइभिङ सेन्टर सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस लिएका थिए । अख्तियारको टोलीले घुस लिंदै गर्दाको अवस्थामा रिजाललाई उनको कार्यालय परिषर भित्रैबाट घुस रकम सहित नियन्त्रणमा लिएको हो। उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: