Skip to content
LAXMI SUNRISE BANK

अमेरिकी डलरको भाउ एकै दिन डेढ रुपैयाँ झर्यो

अर्थ सरोकार

  • अर्थ सरोकार सम्वाददाता 

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारलाई दिएको रिफरेन्स रेटभन्दा पनि एक रुपैयाँ ५८ पैसा झरेर डलरको मूल्य तय भएको छ । राष्ट्र बैंकले १०६ रुपैयाँ १८ पैसा तोके पनि बैंकहरुले १०४ रुपैयाँ ६० पैसासम्म कारोबार गरिरहेका छन् ।
भारतीय रुपैयाँ बलियो बन्दै गएपछि अमेरिकी डलर कमजोर भएको हो। भारतीय मुद्रासँग नेपाली रुपैयाँको स्थीर विनिमय दर भारु १०० बरबार नेपाली १६० रुपैयाँ भएका कारण भारु बलियो हुँदा नेपाली रुपैयाँको पनि भाउ वढ्छ ।
बुधबार नबिल बैंकले १०४ रुपैयाँ ६० पैसामा कारोबार गरिरहेको छ भने नेपाल एसबिआइ बैंकले १०५ रुपैयाँ २० पैसासम्म कारोबार गरिरहेको छ । अरु बैंकले यही बीचमा बसेर कारोबार गरिरहेका छन् ।
अमेरिकी डलर कमजोर हुँदा आयातमूखि नेपालको अर्थतन्त्रलाई फाइदा पुग्छ । तर अर्थतन्त्र चलायमान बनाउने रेमिटेन्स पठाउनेहरुलाई भने घाटा हुन्छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK